मारुती सुजुकीले यही वर्षको अन्त्यसम्ममा ‘इर्टिगा क्रस’ बजारमा ल्याउने तयारी गरेको छ । कम्पनीले आफ्नो सफल मोडल इर्टिगाको प्ल्याटफर्मलाई प्रयोग गर्दै यसको क्रस मोडल उत्पादन गर्न लागेको हो । यो क्रसओभर ४ मिटरभन्दा केही छोटो हुनेछ ।
भिटारा ब्र्रेजा, इर्टिगा र एस क्रसले कम्पनीको २९ प्रतिशत मार्केट शेयर ओगटेको कम्पनीको भनाई छ । सोही व्यापारलाई निरन्तरता दिने उद्देश्यसहित कम्पनीले इर्टिगा क्रस ल्याउने भएको हो । कम्पनीले उक्त नयाँ एसयूभी २०२० को अटो एक्स्पोमा प्रदर्शनी गर्ने कम्पनीले जनाएको छ ।
इर्टिगा क्रसमा १.५ लिटर के १५ बी स्मार्ट हाइब्रिड पेट्रोल इन्जिन दिने कम्पनीले तयारी गरेको रिपोर्टमा उल्लेख गरिएको छ । उक्त इन्जिनले १०४ बीएचपी पावरका साथै १३८ एनएम टर्क उत्पादन गर्छ । यसमा पाँच स्पीड म्यानुअल र फोर स्पीड अटोमेटिक ट्रान्समिसन दिइने छ ।
कम्पनीले यसको कोड नेम ‘वाइएचबी’ रोखेको छ । कारलाई थप आकर्षक स्वरुप प्रदान गर्नकोे लागि अग्रेशिप बडी किट दिइने कम्पनीले उल्लेख गरेको छ । तर, यसको इन्टेरियर, फिचर र सुरक्षा विशेषताका बारेमा कम्पनीले कुनै किसिमको जानकारी दिएको छैन ।


