अल न्यू ग्रान्ड आई १० लाई टक्कर दिन सुजुकीले तयार पार्दै नयाँ स्वीफ्ट

मारुती सुजुकी इन्डियाले आफ्नो चर्चित ह्याचब्याक कार स्वीफ्टको नयाँ भर्सन ल्याउने भएको छ । नयाँ स्वीफ्ट १.२ लिटर डुअलजेट एसएचभीएस पेट्रोल इन्जिनमा आउने छ । 

स्वीफ्ट भारतीय बजारमा निक्कै सफल ह्याचब्याक कारको रुपमा रहेको छ । एक दशकयता स्वीफ्ट उपभोक्ताको रोजाइमा पर्ने प्रमुख कार बन्दै आएको छ । हाल १.२ लिटर के–सिरिज पेट्रोल र १.३ लिटर डीडीआइएस डिजेल इन्जिनमा उपलब्ध रहेको छ । 

अब भने कम्पनीले स्वीफ्टलाई १.२ लिटर डुअलजेट एसएचभीएस पेट्रोल इन्जिनमा ल्याउने घोषणा गरेको हो । यो कार बीएस–६ स्ट्यान्डर्डमा आउनेछ । मारुतीले यसअघि अल्टो–८०० थ्री सिलिन्डर पेट्रोल इन्जिन र बलेनो १.२ लिटर डुअलजेट पेट्रोल इन्जिन बीएस–६ मा सार्वजनिक गरिसकेको छ । 

कम्पनीले नयाँ स्वीफ्टमा पनि बलेनोमा प्रयोग भएकै इन्जिन प्रयोग गर्ने छ । यो इन्जिनले ९० हर्सपावर र ११३ एनएम टर्क दिन्छ । कम्पनीले नयाँ स्वीफ्टमा केही परिमार्जन गर्ने बताइएको छ । यो कार अल न्यू हुन्डाई ग्रान्ड आइ १० सार्वजनिक भए लगत्तै बजारमा आउने अनुमान गरिएको छ । 


Back_to_top