तयार भयो स्वीफ्ट फेसलिफ्ट, फेब्रुअरीमा सार्वजनिक हुने

काठमाडौं । मारुती सुजुकीले सन् २०१८ मा बजारमा उतारेको थर्ड जेनेरेशन स्वीफ्टको फेसलिफ्ट बजारमा ल्याउने भएको छ । कम्पनीले फेब्रुअरीमा महिनामा नै यसलाई भारतमा विक्री सुरु गर्ने तयारी गरेको विभिन्न रिपोर्टहरुले जनाएका छन् ।

कम्पनीले यसमा केहि कस्मेटिक परिमार्जन गरेर ल्याउन लागेको हो । फेसलिफ्ट स्वीफ्टको मुख्य परिमार्जन भने इन्जिन र क्याविनमा हुने जनाईकोको छ । कम्पनीले यसमा १.२ लिटर के१२एम इन्जिनको ठाँउमा नयाँ के१२एन इन्जिन दिने अनुमान गरिएको छ । उक्त इन्जिनले रेगुलर इन्जिनको तुलनामा बढी पावर प्रदान गर्ने छ । नयाँ इन्जिनले ९० पीएस पावर र ११३ एनएम टर्क प्रदान गर्नेछ । यसमा पहिलेकै ५ स्पीड म्यानुअल र ५ स्पीड एएमटी गियरबक्स रहने छ ।

कम्पनीले केहि थप नयाँ कलर सहित यसलाई बजारमा ल्याउन सक्ने छ । साथै यसको सिट, ड्यासबोर्ड लगायतमा केहि परिमार्जन पाउन सकिने छ ।

मारुती सुजुकी स्वीफ्ट नेपालमा पनि निकै सफल ह्याचव्याक कारको रुपमा परिचित रहेको छ । यस्तोमा नेपालको लागि आधिकारीक वितरक सिजी मोटोकर्पले भारतमा सार्वजनिक भएको केहि दिनमा नै नेपाल ल्याउने अनुमान गर्न सकिन्छ ।


Back_to_top