कियाकाे नाम र लोगो परिवर्तनः पहिलेभन्दा निकै खराव

जब-जब कुनै पनि अटो उत्पादक कम्पनी विपतमा पर्छन्, तब-तब कम्पनीहरु अगाडि बढ्न अनेक उपाय खाेज्ने गर्छन् । समस्यामा परेका अटोमोवाइल कम्पनीहरुले बजारमा आफु टिकिरहन आफ्ना असफल कार मोडलहरुको उत्पादन रोक्ने, आफ्नो ब्राण्डको नाम परिवर्तन गर्ने, लोगो नयाँ बनाउने, फ्रेस कन्सेप्टमा काम गर्ने आदि चहलपह हुने किसिमका काम सुरु गर्छन् । यदि समयाअनुकुल परिवर्तन गर्न सकेन भने यस्ता अटोमोवाइल कम्पनीहरु बजारबाट चाँडै नै विस्थापित हुने गरेका प्रसस्त उदाहरण विश्व अटोमोवाइल क्षेत्रमा भेटिने गर्छ ।

तर, किया मोटर्सले हालै इन्डष्ट्रीले कहिलै प्रयोग नगरेको नयाँ कार्य गरेको छ । कोरियन अटोमोवाइल कम्पनी किया मोटर्सले आफ्ना सबै इकाईहरुमा उत्कृष्ट कार्य गर्दा गर्दै एक नयाँ प्रयोग गरेको हो । किया विशेषत इलेक्ट्रीक मोटर्समा ‘स्टेट अफ आर्ट इभी टेक्नलोजी’को प्रयोग र अटोनोमस ड्राइभिङ टेक्नलोजीमा विश्व मै उत्कृष्ट मध्यमा पर्छ । अझ हालै मात्र विश्वको सबैभन्दा ठूलो अमेरिकन टेक्नलोजी कम्पनी एप्पलले कियासँगको सहकार्यमा इभी बनाउने छलफल सुरु भएको समाचारसँगै कियालाई हेर्ने नजरिया नै परिवर्तन भएको छ । यसले कोरियाको औद्योगीक शाही परिवारको रुपमा रहेको सामसुङको विरासतलाई हल्लाउने पक्का छ ।

कियाको पुरा केआईएबाट आई गाएब भएको छ । सामान्य आँखाले यसलाई राम्रोसँग पढ्न सकिएको छैन । जबकी पुरानो लोगोमा यो एकदमै ठिक रहेको थियो ।

माथि चर्चा गरिएका विषयवस्तुका साथै अरु सकारात्मक कुराहरु दिमागमा राखेर सोच्दा किन कियाले हालै नाम, स्लोगन तथा लोगो परिवर्तन गरेकोमा म अचम्वीत भएको छु । किया मोटर्सलाई सादा रुपमा किया मात्र भनिदा खासै असान्दर्भिक नदेखिएता पनि कम्पनीको नामले मोटरको डिजाइनिङ, उत्पादन र व्यापक अर्थमा मोटरको प्रयोगलाई बुझाउँदैन र यसलाई बुझ्न धेरै वर्ष कुर्नु पर्ने नै छ । जस्तो कि बाइरिच मोटोरेन वर्क कम्पनीलाई-बीएमडब्लू, फ्याब्रीका इटालियना अटोमोविली टोरिनोलाई-फियाट, मोरिस ग्यारेजलाई-एमजी मोटर कम्पनीको रुपमा नामैले सान्दर्भिकता देखाएको छ । तर, किया मोटर्सलाई किया मात्र भनिदा यसले इन्टरनल कम्बस्चन वा इलेक्ट्रीक मोटर कुनै पनि रुपमा यसलाई प्रतिनिधित्व गर्दैन ।

कियाले आफ्नो नयाँ स्लोगन ‘मुभमेन्ट द्याट इन्स्पायर्ड’ वास्तवमै अप्रेरणादायिक रहेको छ । कियाको नयाँ स्लोगन ‘किपीङ इट अफोर्टेवल’ भएको भए धेरै सान्दर्भिक तथा जानकारीक मुलक हुन सक्दथ्यो । तर, मेरो दिमागले नाम परिवर्तन अनावश्यक र मनमा बस्न नसकेको स्लोगन रहेको महसुस गर्दा गर्दै आफ्नो आँखाले नयाँ लोगोलाई त ‘डिजास्टर’ नै देखेको छ । बिएमडब्लूको ब्लेज शतप्रतिशत क्लियर र सुन्दर रहेको छ । साथै, फियात र एमजीको लोगो पक्कै पनि वकवास लाग्ने रहेको छैन । तर, कियाले हालै सार्वजनिक गरेको नयाँ लोगोले मात्र किया जनाएता पनि मैले प्रत्येक पटक हेर्दा केएन मात्र देख्ने गरेको छु । कियाको पुरा केआईएबाट आई गाएब भएको छ । सामान्य आँखाले यसलाई राम्रोसँग पढ्न सकिएको छैन । जबकी पुरानो लोगोमा यो एकदमै ठिक रहेको थियो ।

मलाई लाग्छ कोरियामा कोहि त पक्कै होला जसले एक सामान्य अंग्रेजी भनाई ‘इफ इट एन्ट ब्रोक, डन्ट फिक्स इट’ लाई कोरियन भाषामा अनुवाद गरेर कियाका अर्बपति अध्यक्ष इउसुन चोङ्गको पाखुरामा टाटु खोपिदिए हुने थियो ।

कियाले गत एक दुई दशकमा आफ्नो उत्पादनलाई सुधारगर्दै विक्रीमा आफ्नो हिस्सा बढाउदै लगेको छ । संसारमा एक उत्कृष्ट कार कम्पनी प्रमाणित हुँदै गएको छ । तर, यो उत्तम कम्पनी भने बनिसकेको छैन । यस्तोम अहिलेको परिवर्तन अनावश्यक असान्दर्भिक भने पक्कै हो । मेरो विचारमा छोट्याइएको नाम, निरासजनक स्लोगन र अनाकर्षक लागोले कम्पनीले स्तर प्रमाणित गर्दछ ।

मलाई लाग्छ कोरियामा कोहि त पक्कै होला जसले एक सामान्य अंग्रेजी भनाई ‘इफ इट एन्ट ब्रोक, डन्ट फिक्स इट’ लाई कोरियन भाषामा अनुवाद गरेर कियाका अर्बपति अध्यक्ष इउसुन चोङ्गको पाखुरामा टाटु खोपिदिए हुने थियो ।


Back_to_top