मारुती सुजुकी भिटारा ब्रेजा अहिलेको समयमा भारतीय बजारमा सबैभन्दा बढी बिक्री हुने कम्प्याक एसयूभी हो । हरेक महिना औषत १२ हजारभन्दा बढी यूनिट बिक्री भइरहेको उक्त एसयूभीले ४ लाख यूनिटको बिक्री आंकडासमेत पुरा गरिसकेको छ ।
अब कम्पनीले आफ्नो २०१६ मा पहिलाे पटक सार्वजनिक गरेको मोडललाई परिमार्जन गर्ने भएको छ । कम्पनीले ब् फेसलिफ्टको उत्पादन सुरु गरिसकेको जनाएको छ ।
अहिलेसम्मको प्रारम्भिक रिपोर्टकाअनुसार एसयूभीमा रिडिजाईन ग्रिल र अपग्रेडेड बम्पर दिने भएको छ भने, अगाडिको हेडल्याम्पलाई परिवर्तनगरी एलइडी हेडल्याम्प दिने कुरा बाहिर आएको छ ।
इन्फोटेन्टमेन्ट सिस्टममा पनि परिर्वतन गर्न लागिएको छ । नयाँ फेसलिफ्ट ब्रेजामा स्मार्ट स्टुडियो इन्फोटेन्टमेन्ट सिस्टम दिन लागिएको हाे । साथै, अर्को सबैभन्दा महत्वपूर्ण परिवर्तनको रुपमा एलोय ह्वीलस दिने तयारी कम्पनीले गरेको छ ।
विषेश रिपोर्टसका अनुसार कम्पनीले ५ हजार भन्दा बढी यूनिट फेसलिफ्ट भिटारा ब्रेजा उत्पादन गरिसकेको छ । अहिल्यै बजारमा सार्वजनिक गर्दा ग्राहकको वेटिङ पिरियड लामो हुने भएकाले अप्रिलको पहिलो हप्तामात्रै बजारमा उतार्ने तयारी कम्पनीले गरिरहेको उल्लेख छ ।
कम्पनीले इन्जिनलाई समेत केही बढी पावरफुल बनाउने प्रयास गरेको बताइएको छ । ब्रेजामा १.५ लिटर ‘इ१५ए’ डिजेल इन्जिन दिइएको छ । कम्पनीले पेट्रोल इन्जिनमा समेत ब्रेजालाई चाँडै सार्वजनिक गर्ने अनुमान गरिएको छ ।
उत्कृष्ट माइलेज दिने ब्रेजाले २४.२९ किलोमिटर प्रतिलिटरको माइलेज दिने कम्पनीले दाबी गरेको छ ।

