हुन्डाईले कारलिनो अवधारणामा आधारित क्युएक्सआई कम्प्याक एसयूभीको टिजर सार्बजनिक गरेको छ । कम्पनीले आगामी अप्रिल १७ मा उक्त मोडल सार्बजनिक गर्ने तयारी गरेको छ । यो हुन्डाईको एसयूभी सेग्मेन्टमा सबैभन्दा सस्तो एसयूभी हुनेछ ।
हुन्डाई क्युएक्सआई न्यू डिजाइन बनेको सबकम्प्याक एसयूभी हो । यसमा हेडलाइट सेटअप, क्रोम लाइन ल्याटीक ग्रिल, पुल टाइप डोर ह्यान्डल, रुफ रेल, डबल टोन एलोय ह्वील जस्ता विशेषता समेटिएको छ ।
नयाँ टिजरमा सनरुफलाई निकै राम्रोसँग प्रस्तसत गरिएको छ । साथै, कारमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एन्ड्रोएड अटो र एप्पल कार प्ले, चारै चक्कामा डिस्क ब्रेक दिइएको छ । यसको टप स्पेक भेरियन्टमा थुप्रै सेफ्टी फिचर दिइएको कम्पनीले जनाएको छ ।
यस एसयूभीमा १.० लिटर थ्री सिलिन्डर टर्बाेचार्ज्ड पेट्रोल इन्जिन दिइएको छ । जसले १०० बीएचपी पावरका साथै १७२ एनएम टर्क उत्पादन गर्छ ।
यसमा हुन्डाई भर्नामा उपलब्ध, १.४ लिटर फोर सिलिन्डर पेट्रोल र १.४ लिटर फोर सिलिन्डर डिजेल इन्जिन लगाइएको छ । यी दुबै इन्जिनमा ६ स्पीड म्यानुअल गियरबक्स दिइएको छ भने र १.० लिटर थ्री सिलिन्डर टर्बाेचार्ज्ड पेट्रोल इन्जिनमा ७ स्पीड अटोमेटिक गियरबक्स लगाइएको छ ।
यो मोडललाई आगामी न्युयोर्क इन्टरनेशनल अटोशोमा सार्बजनिक गर्ने कम्पनीले तयारी गरेको छ । यसले मारुती सुजुकी भिटारा ब्रेजा, टाटा नेक्शान र महिन्द्रा एक्सयुभी ३०० सँग प्रतिस्पर्धा गर्ने आँकलन गरिएको छ ।


