यी हुन् उत्कृष्ट माइलेज दिने स्कुटर, यस्तो छ मूल्य र विशेषता

काठमाडौं । पछिल्लो समय नेपाली बजारमा विभिन्न कम्पनीका स्कुटर बिक्री बितरण भइरहेको छ । आकर्षक लुक्स, कम मूल्य, राइडिङ्ग कम्फर्ट र धेरै माइलेज जस्ता विशेषताले युवाहरुसमेत स्कुटर प्रति बढी झुकाव राख्न थालेका छन् । नेपाली बजारमा कुल दुई पाङ्ग्रे सवारीसाधको बजार हिस्सामा स्कुटरको बजार हिस्सा करिब ३३ प्रतिशत हारहारीमा पुगिसकेको छ । यस्तोमा नयाँ स्कुटर खोज्नेहरुलाई लक्षित गरेर धेरै माइलेज दिने स्कुटरका बारेमा जानकारी दिने प्रयास गरेका छौं । 

होन्डा डियो 


होन्डाको लागि नेपालको आधिकारीक बिक्रेता स्याकार कम्पनीले नेपाली बजारमा बिक्री वितरण गर्दै आएको डियोले प्रतिलिटर ५५ किलोमिटर माइलेज  प्रदान गर्ने कम्पनीको दाबी छ । 

यसमा १०९.१९ सीसी इन्जिन लगाइएको छ । जसले ८ बिएचपी पावर उत्पादन गर्छ । यसको मूल्य बजारमा १ लाख ९५ हजार ९ सय रुपैयाँ रहेको छ । यो नेपाली बजारमा सर्वाधिक बिक्री हुने स्कुटर हो । 

टीभीएस एनटर्क–१२५ 


नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले स्मार्ट कनेक्टेड स्कुटर एनटर्क १२५को बिक्री वितरण गर्दै आएको छ । यो स्कुटरले प्रतिलिटर ४७ किलोमिटर माइलेज प्रदान गर्ने कम्पनीले दावी गरेको छ । 

यसको नेपाली बजारमा सुरुवाति मूल्य २ लाख १४ हजार (ड्रम ब्रेक) रहेको छ भने डिस्क ब्रेक युक्त स्कुटरको मूल्य २ लाख २४ हजार ९ सय रुपैयाँ रहेको छ । 

टिभिएस एनर्टक १२५मा न्यू जेनेरेशन सिभिटीआई आरईभीभी १२६.७९ सीसीको सिगंल सिलिन्डर, ४स्टोर्क, ३ भल्ब एयरकूल्ड इन्जिन रहेको छ । यसले ७५०० आरपीएममा ९.४ पीएस र ५५०० आरपीएममा १०.५ एनएम टर्क जेनेरेट गर्छ । 

यामाहा फेसिनो


नेपाली बजारमा बिक्री हुने अर्को चर्चित स्कुटर यामाहा फेसिनो हो । यस स्कुटरको मूल्य २ लाख १ हजार रुपैयाँ रहेको छ । यसले प्रतिलिटर ६६ किलोमिटर माइलेज प्रदान गर्छ । यसमा उपलब्ध ११३ सिसि इन्जिनले ७ बिएचपी पावर र ८.१ एनएम टर्क उत्पादन गर्छ । 

हिरो माएस्ट्रो एज


हिरोको माएस्ट्रो एज निक्कै माइलेज प्रदान गर्ने स्कुटरको रुपमा लिइन्छ । नेपाली बजारमा बिक्री वितरण भइरहेको यस स्कुटरले प्रतिलिट ५३ किलोमिटर माइलेज प्रदान गर्ने कम्पनीको दाबी छ । 

यसमा उपलब्ध ११०.९ सीसी इन्जिनले ८ बीएचपी पावरका साथै ८ एनएम टर्क उत्पादन गर्छ । नेपाली बजारमा यसको मूल्य १ लाख ८९ हजार ९ सय रुपैयाँ रहेको छ । 

होन्डा एक्टिभा १२५


होन्डाको चर्चित स्कुटर एक्टिभा–१२५ले प्रतिलिटर ६० किलोमिटर माइलेज प्रदान गर्छ । यसमा १२५ सिसि इन्जिन दिइएको छ । यसले ८.२ बिएचपी पावरका साथै १०.५४ एनएम टर्क उत्पादन गर्छ । 

नेपाली बजारमा एक्टिभा–१२५ एसटीको मूल्य २ लाख ८ हजार ९ सय रुपैयाँ रहेको छ । यस्तै एक्टिभा  डिएलएक्स १२५ को मूल्य २ लाख १९ हजार ९ सय रुपैयाँ रहेको छ । 

होन्डा ग्राजिया 


यो स्कुटरमा १२५ सीसी एयरकुल्ड फोर स्ट्रोक इञ्जिनको प्रयोग गरिएको छ । यसले ८.५२ बीएचपी पावर र १०.५४ एनएम टर्क प्रदान गर्छ । यसले प्रतिलिटर ६० किलोमिटर माइलेज प्रदान गर्छ । नेपाली बजारमा यसको मूल्य २ लाख २४ हजार ९ सय रुपैयाँ रहेको छ ।

टीभीएस जुपिटर 


टीभीएसकाे जुपिटर स्कुटरमा १०९ सीसी इन्जिन लगाइएको छ । यसले ८.२ बीएचपी पावर उत्पादन गर्छ । यसले प्रतिलिटर ६२ किलोमिटर माइलेज प्रदान गर्छ । नेपाली बजारमा यसको मूल्य १ लाख ८४ हजार ९ सय रुपैयाँ रहेको छ । 

सुजुकी एक्सेस १२५


सुजुकी एक्सेस–१२५ ले प्रतिलिटर ६४ किलोमिटर माइलेज प्रदान गर्छ । नेपाली बजारमा यो स्कुटरको मूल्य २ लाख ९ हजार ९ सय रुपैयाँ रहेको छ । 


Back_to_top