जेसीबी किन्नेलाई सहज फाइनान्सिङ दिन एमएडब्लु र मेगा बैंकबीच सम्झौँता

काठमाडौं । नेपालका लागि जेसीबी ब्रान्डका निर्माण तथा हेभी उपकरणहरुको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले आफ्ना ग्राहकलाई सहज फाइनान्सिङको सुविधा दिन शुक्रबार मेगा बैंक लिमिटेडसँग सम्झौँता पत्रमा हस्ताक्षर गरेको छ । जेसीबी इन्डिया लिमिटेडका कन्ट्रि हेड विरेन्दर भारद्वाजको उपस्थितिमा भएको समारोहमा एमएडब्लु अर्थमुभर्सका तर्फबाट अध्यक्ष विष्णु कुमार अग्रवाल र मेगा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेलीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । योसँगै देशभरिका जेसीबीका ग्राहकले आफ्नो आर्थिक समाधानका लागि मेगा बैंकले विशेष सुविधा उपभोग गर्न पाउनु बताइएको छ ।

‘आजको सहमतिपछि दुवै संस्थाले ग्राहकको हितलाई ध्यानमा राखेर देशभर फैलिएका आफ्ना शाखाहरुमार्फत सेवा प्रदान गर्नेछौं । यो साझेदारीपछि ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरेर सन्तुष्ट बनाउने साझा लक्ष्य हासिल गर्न हामी सक्षम हुनेमा विश्वस्त छौं । जेसीबी नेपालकै सबैभन्दा विश्वासिलो निर्माण तथा हेभि उपकरण ब्रान्ड हो जसका कारण हाम्रो बजार हिस्सा ५० प्रतिशतभन्दा बढी छ । र यसमा हामी गर्व गर्छौं’, एमएडब्लु अर्थमुभर्सका अध्यक्ष विष्णुकुमार अग्रवालले भने ।

त्यसैगरी, नेपालका लागि जेसीबी इन्डिया लिमिटेडका कन्ट्रि हेड विरेन्दर भारद्वाजले एमएडब्लु अर्थमुभर्स जेसीबीको सर्वोत्कृष्ट डिलरमध्ये पर्ने बताए । उनले नेपाली बजारको मागलाई ध्यानमा राखेर सहज र शक्तिशाली मेसिनहरु र विक्रीपछिको सेवा उपलब्ध गराएकै कारणले एमएडब्लु अर्थमुभर्स उत्कृष्ट डिलर बन्न सफल भएको बताए ।

भारद्धाजले मेगा बैंकसँगको नयाँ साझेदारीले देशको विभिन्न भागमा रहेका जेसीबीका ग्राहकलाई गुणस्तरीय सेवा एमएडब्लु सक्षम हुने बताए ।


Back_to_top