तीन दिनपछि सार्वजनिक हुँदै ‘एमजी एस्टर’, सेग्मेन्टकै ‘गेमचेन्जर’ बन्ने दावी

काठमाडौं । मोरिस ग्यारेज (एमजी)ले भारतमा उत्पादन गरेको आफ्नो दोस्रो प्रोडक्ट ‘एस्टर’ आगामी अक्टुवर ७ मा लन्च हुने भएको छ । कम्प्याक्ट एसयूभी सेग्मेन्टमा आउन लागेको यो एसयूभीमा दिइएको फिचरको कारण गेमचेन्जर बन्न सक्ने उत्पादक र अटो विज्ञहरुले बताउँदै आएका छन् ।

प्रविधिको भरपूर प्रयोग भएको एस्टरमा आर्टिफिसीयल इन्टेलेजेन्ट (एआई) फिचर उपलब्ध रहेको छ । जुन यो सेग्मेन्टमा उपलब्ध अन्य कुनैपनि गाडीमा छैन । अहिले विश्वव्यापीरुपमा एमजीले विक्री गर्दै आएको जेडएस मोडलको अपडेटेड भर्सनको रुपमा एस्टरलाई लिइएको छ । एमजी एस्टरले भारतीय बजारमा हुन्डाईको क्रेटा, किया सेल्टोस, स्कोडा कुशक, फक्वागेनको टाइगुनसँग सिधा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।

स्टाइल, सुपर, स्मार्ट, सार्प तथा स्भीगरी विभिन्न ५ भेरियन्टमा आउन लागेको एसयूभी लेभल २ एड्भान्स ड्राइभर असिस्ट सिस्टममा आधारित रहेको छ । यो कारको प्रमुख विशेषता भनेको यसको ड्यासबोर्डको माथि रहेको तथा सेग्मेन्टमा पहिलो पटक प्रयोग भएको रोबोर्ट जस्तै मुभेवल पर्सनल असिस्टेन्ट हो । यसलाई भ्वाइस कमाण्डबाट संचालन गर्न सकिन्छ ।

आर्टिफिसीयल इन्टेलेजेन्टको अलावा यो एसयूभीमा एडप्टीभ क्रुज कन्ट्रोल, अटोनोमस इमर्जेन्सी ब्रेकिङ, ब्लाइण्ड स्पट असिस्टेन्स, लेन किप र डिपार्ट असिस्ट जस्ता आधुनिक फिचर रहेको छ । कारमा प्रयोग भएको ब्लुटुथमा आधारित कनेक्टेड कार टेक्नलोजीको सहायताले यो कारलाई चावी बिना नै मोवाइलबाटै लक/अनलक गर्ने तथा स्टार्ट समेत गर्न सकिन्छ । र कनेक्टेड कार फङ्सन प्रयोग गर्न मोवाइल नेटवर्कको समेत जरुरत पर्दैन ।

एस्टरको क्याविनलाई ‘सफ्टटच’ मेटेरियलको प्रयोगले प्रिमियम देखिएको छ । ड्यासबोर्डको बीचमा एप्पल कार प्ले तथा एण्ड्रोइड अटो सहितको १०.१ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम पाउन सकिन्छ । अगाडि बस्ने यात्रुको लागि यो कारमा वायरलेस चार्जिङ सिस्टम र पछाडिको यात्रुको सहजताका लागि यूएसबी चार्जर तथा एसी भेन्ट दिइएको छ । एस्टरमा सेग्मेन्टकै सबभन्दा ठूलो ४०० लिटर क्षतमाको बुट स्पेस र ९० प्रतिशत क्यावीन आगट्ने विसाल प्यानारोमिक सनरुफ दिइएको छ ।

एस्टरमा ६ कुना भएको युनिक डिजाइनको ग्रिल, बीचमा ठूलो एमजीको लोगो र ठ्याक्कै मुनि फ्रन्ट क्यामरा दिइएको छ । अझ ग्रिलको तलपट्टी अटोनोमस ब्रेकिङका लागि रडार दिइएको छ । दुबै साइडमा प्रोजेक्टर हेडल्याम्प तथा माथिपट्टी एलइडी डिआरएल छ भने फगल्याम्प तल बम्परमा रहेको छ । यो कारमा १७ इन्चको डिउलटोन अलोय ह्वीलको प्रयोग भएको छ । रियरमा एक्जस्ट र स्कीड प्लेटको कम्बिनेसन आकर्षक देखिएको छ । बुट खोल्नका लागि पछाडि दिइएको एमजीको लोगोलाई थिच्नु पर्छ ।

एमजीले यसलाई दुई इन्जिन अप्सनमा ल्याउने छ । जसमा १.५ लिटर नेचुरल्ली एस्पीरेटेड फोर सिलिण्डर र १.३५ लिटर थ्रि सिलिण्डर टर्बो चार्ज्ड पेट्रोल इन्जिन रहेको छ । नेचुरल्ली एस्पीरेटेड इन्जिनले ११० बीएच पावर र १४४ एनएम टर्क तथा टर्बो इन्जिनले १४० बीएच पावर र २२० एनएम टर्क प्रदान गर्छ । नेचुरल इन्जिनमा ६ स्पीड म्यानुयल र ८ स्पीड सीभीटी गियरबक्स रहने छ । साथै, टर्बो इन्जिनमा ६ स्पीड अटोमेटीक गियरबक्स उपलब्ध हुनेछ ।

भारतमा उत्पादन भएको एमजी हेक्टर पारामाउन्ट मोटर्सले नेपाल ल्याइसकेको अवस्थामा एस्टर पनि नेपाल ल्याउने अनुमान गर्न सकिन्छ । यदी एस्टर नेपाल आउने हो भने नयाँ वर्ष २०२२ को सुरुमा आउन सक्ने छ ।


Back_to_top