काठमाडौं । भारतमा टाटा पन्च आधिकारीक रुपमा सार्वजनिक भएको छ । यसका अन्य सबै टेक्नीकल डिटेल सार्वजनिक भएको भएपनि मूल्य भने अक्टोबर २० तारिखमा मात्रै घोषणा गर्ने जनाएको छ । आजबाट कम्पनीले २१ हजार भारतीय रुपैयाँ लिएर बुकिङ समेत खुल्ला गरेको हो । यो टाटाको सबैभन्दा कम मूल्यको एसयूभी हुने अनुमान गरिएको छ ।
टाटा मोटर्सको पहिलो माइक्रो एसयूभीको रुपमा बजारमा आउन लागेको पन्चमा सबै फिचरहरु सब फोर मिटर एसयूभीमा प्रयोग हुने दिएको छ । यही कारण माइक्रो सेग्मेन्टमा पहिलो पर्पर एसयूभी बन्ने भएको हो ।

टाटाले पन्चलाई विभिन्न ७ कलर अप्सनमा बजारमा उपलब्ध गराउने भएको छ । जसमा ह्वाइट, ओरेन्ज, ग्रे, ब्रन्ज, रेड, मिस्ट र व्ल्यू कलर अप्सनमा उपलब्ध गराउने छ ।
टाटाले पन्चमा दिएको इन्जिन पनि निकै पावरफुल रहेको छ । यसमा १.२ लिटर थ्रि सिलिण्डर पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ८६ बीएच पावर र ११३ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड म्यानुयल र एएमटी गियरबक्स उपलब्ध हुनेछ ।
टाटा पन्चको डोर ह्याण्डल पिलरमा दिइएको छ । निकै बाक्लो बडी क्लाडिङ, स्क्वायर अफ ह्वील आर्क, एलइडी टेलल्याम्प, हर्मनको ७ इन्च इन्फोटेन्टमेन्ट सिस्टम, ९० डिग्रीमा खुल्ने ढोका, १६ इन्चको डायमन्ड कट अलोय ह्वील, अटोमेटीक क्लाइमेट कन्ट्रोल, रेन सेन्सिङ वाइपर, रिभर्स क्यामेरा र सेन्सर, पुस बटम स्टार्ट/स्टप बटम, दुई एयरव्याग, एबीएस, इबीडी, ब्रेक एसवे कन्ट्रोल, इएससी, कुल्ड ग्लोबबक्स, क्रुज कन्ट्रोल, अटो फोल्डिङ ओआरभीएम, लेदर र्याप स्टेरिङ ह्वील जस्ता फिचर पाउन सकिन्छ ।
कम्पनीले आफ्नो लाइनअपको सबैभन्दा कम मूल्यको एसयूभीको रुपमा यसलाई विक्री सुरु गर्ने अनुमान गरिएको छ । यसको भारतमा सुरुवाती मूल्य ५ लाख हुने अनुमान गरिएको छ । टाटाको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले पनि यसलाई चाँडै नेपाल ल्याउने अनुमान गरिएको छ ।


