अमेरिकी एड्भेन्चर मोटरसाइकलः सीसी अनुसार सबैभन्दा कम मूल्य, दशैंमा किन्नेलाई ५० हजार छुट

काठमाडौं । अमेरिकी मोटरसाइकल निर्माता कम्पनी क्लेभल्याण्डको नयाँ मोटरसाइकल नेपाल भित्रिएको छ । क्लेभल्याण्डको नयाँ एड्भेन्चर मोटरसाइकल म्यूट्नी ४०० नेपाल भित्राएको हो ।

क्लेभल्याण्ड मोटरसाइकलको लागि नेपालको आधिकारिक विक्रेता क्लेभल्याण्ड साइकलवर्कले ४०० सीसी क्षमताको एड्भेन्चर मोटरसाइकलको विक्री सुरु भएको जनाएको छ ।

कम्पनीले म्यूट्नी ४०० पहिलो पटक २०२० मा नेपाली बजारमा सार्वजनिक गरेको थियो । क्लेभल्याण्ड मुतीनी ४०० नेपालमा उपलब्ध एड्भेन्चर टुरर मध्य सबैभन्दा सस्तो मोटरसाइकल हो ।

क्लेभल्याण्ड म्यूट्नी ४०० मा ३९७.२ सीसी सिंगल सिलिन्डर, ४ स्ट्रोक, आयल कुल्ड इन्जिन रहेको छ । उक्त इन्जिनले ७००० आरपीएममा ४२ बीएच पावर तथा ५५०० आरपीएममा ३२ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीड गियरबक्स जडान गरिएको छ ।

म्यूट्नी मोटरसाइकलको सिट हाइट ८५० एमएम रहेको छ भने यसको ग्राउन्ड क्लियरेन्स २४० एनएम रहेको छ ।

यसको दुबैतर्फ डबल पर्पोज टायर दिइएको छ । फ्रन्टमा १९ इन्च र रियरमा १७ इन्चको टायर रहेको मोटरसाइकलमा दुबै चक्कामा डिस्क ब्रेक दिइएको छ ।

क्लेभल्याण्ड साइकलवर्कले यो मोटरसाइकलको मूल्य ७ लाख ५० हजार रुपैयाँ निर्धारण गरेर विक्री गरिरहेको छ । हाल कम्पनीले दशैंको अवसरमा नगद ५० हजार रुपैयाँ छुट प्रदान गर्ने जनाएको छ ।

यो मोटरसाइकल चाहने ग्राहकले कम्पनीको पानीपोखरीमा रहेको शोरुममा भिजिट गरेर यसको टेष्ट ड्राइभसमेत गर्न सक्नेछन् ।


Back_to_top