भारतमा बनेको एमजीको हयाचब्याक आगामी महिना सार्वजनिक हुँदै

काठमाडौं । एमजी मोटर इन्डियाले आगामी मे महिनामा नयाँ ह्याचब्याक ईभी सार्वजनिक गर्ने भएको छ । कम्पनीले भारतमै निर्माण गरिएको कोमेट मिनी ईभी सार्वजनिक गर्ने भएको हो ।

यो मिनी ईभी कार सहरी क्षेत्रका लागि उपयुक्त रहेको छ । कम्पनीले ल्याउने कोमेट मिनी ईभीमा हुने पावरट्रेनको विषयमा अझै कुनै आधिकारिक जानकारी आएको छैन । यद्यपि, कम्पनीले यसमा टाटा अटोकोम्पले उत्पादन गरेको २० किलोवाट आवर क्षमताको ब्याट्री दिने अपेक्षा गरिएको छ । यो ब्याट्रीलाई फुलचार्ज गर्दा एकपटकमा २५० किलोमिटर रेन्ज प्रदान गर्दछ ।

कोमेट मिनी ईभीमा रियर एक्सल माउन्टेड मोटर दिइएको छ । यसले ४५ हर्सपावर देखि ५० हर्सपावर प्रदान गर्दछ ।

कोमेट मिनी ईभीमा आकर्षक तरिकाले एमजी ब्रान्डिङ गरिएको छ । यो गाडीमा डुअल, भर्टिकल्ली स्ट्याक्ड हेडल्याम्प, एलईडी डीआरएल, एलईडी लाइट पाउन सकिन्छ ।

यसको विन्डस्क्रीनको मुनि ओआरभीएम दिइएको छ भने, डुअल–टोन कलर थिम र ठूलो रियर क्वार्टर ग्लासको छेउमा क्रोम स्ट्रीप दिइएको छ ।

कोमेट ईभीमा ह्वील कभरसहितको स्टील ह्वील, माउन्ट गरिएको स्टप ल्याम्प, भर्टिकल टेल लाइटले आकर्षक देखाएको छ । कोमेट ईभीलाई कम्पनीले सेतो, निलो, हरियो, पहेँलो र गुलाबीसहित ५ रङ्गमा उपलब्ध गराउने छ ।

यसको इन्टेरियरमा सेन्टर कन्सोलमा स्लिक एसी भेन्ट्स, एसी कन्ट्रोलका लागि रोटरी गियर नब, फुल्ली डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम लगायत हुने अपेक्षा गरिएको छ ।

यसमा अन्य फिचर्समा भने इलेक्ट्रीक पार्किङ ब्रेक, हिल स्टार्ट असिस्ट, की लेस इन्ट्री एण्ड गो, विभिन्न ड्राइभ मोड, एन्ड्रोइड अटो र एप्पल कारप्ले कनेक्टिभिटी लगायत पाउन सकिन्छ ।

भारतीय बजारका एमजी कोमेट ईभीको मूल्य भने सुरुआती १० लाख हाराहारी रहने अनुमान गरिएको छ । यसले सार्वजनिकपछि भारतमा सिट्रोन ई–सीथ्री र टाटाको टियागो ईभीसँग प्रतिस्पर्धा गर्नेछ ।


Back_to_top