दुगडबाट खोसियो भेष्पा र अप्रिलिया

काठमाडौं । दुगड ग्रुपलाई अर्को झट्का लागेको छ । रोयल इनफिल्डपछि भेष्पा अप्रिलियाको डिलरशिप खोसिएको हो ।

केही वर्षअघि डि-लाईफ स्टाइलबाट खोसेर ल्याएको ब्राण्ड भेष्पा अप्रिलियाको डिलशिप खोसिएको हो ।

नेपाली अटोमोवाइल व्यवसायमा अग्रणी ग्रुपमध्ये एक मानिएको दुगड ग्रुपले पछिल्लो दुई वर्षमा दुई प्रिमिमय ब्राण्डको मोटरसाइकल तथा स्कुटरको डिलरशिप गुमाएको हो ।

यूरोपियन ब्राण्डको स्कुटर भेष्पा तथा अप्रिलियाले सोचेजस्तो बजारीकरण गर्न नसकेको कारण देखाउँदै विवेक अटोमोवाइल्सलाई आधिकारिक विक्रेताबाट हटाएको हो ।

विवेक अटोमोवाइल्सलाई आधिकारिक विक्रेताबाट हटाएसँगै नेपालका विभिन्न ब्यवसायीक धरानाले ब्राण्ड भित्र्याउन आवेदन दिएका छन् भने सर्टलिस्टमा सारदा ग्रुप तथा त्रिवेणी र भिमसरिया ग्रुपको चर्चा सुनिएको छ ।

यस अघि २०१७ मा सारडा ग्रुपले निसान कारको आधिकारिक विक्रेता खोसेको थियो । त्यस्तै २० वर्षदेखि नेपाली बजारमा विक्री गर्दै आएको रोयल इनफिल्ड गत वर्ष साघाई ग्रुप अन्तर्गतको अल्फा अटोमोवाइल्सले आधिकारिक विक्रेता खोसेको थियो । अहिलेको सर्ट लिस्टेड कम्पनी त्रिवेणी पनि साघाई ग्रुप अन्तर्गतकै एक कम्पनी हो ।

दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोवाइल्सले विक्री गर्दै आएको भेष्पा अप्रिलियाले गत एक महिनादेखि नै सर्भिस तथा पार्टस् उपलब्ध नगराएको गुनासाहरु बाहिर आउन थालेको थियो ।


Back_to_top