काठमाडौं । भेष्पा अप्रिलिया स्कुटरको नेपालका लागि डेल्टा अटोकर्प आधिकारिक विक्रेतामा नियुक्त भएको छ । भिमसरिया ग्रुप अन्तर्गतको डेल्टा अटोकर्प भेष्पा तथा अप्रिलिया स्कुटरको नेपालका लागि आधिकारिक विक्रेतामा नियुक्त भएको हो ।
दुगड ग्रुपबाट खोसिएको भेष्पा अप्रिलियाका स्कुटर विक्रीका लागि डेल्टा अटोकर्पले गत शुक्रबारदेखि आधिकारिक विक्रेतामा नियुक्त पाएकाे हो ।
दुगड ग्रुपले राम्रो बजारीकरण गर्न नसकेको तथा सर्भिसमा राम्रो सेवा दिन नसकेको जस्ता कारण देखाउँदै आधिकारिक विक्रेताबाट हटाएको थियो । सोलगत्तै कम्पनीले पुलकित भिमसरिया ग्रुपलाई भेष्पा अप्रिलियाको आधिकारिक विक्रेतामा नियुक्त गरेको हो ।
पुलकित भिमसरिया ग्रुपले लामो समयदेखि नेपाली बजारमा हुवावे, लेनेभो, वनप्लस, इन्फिनिक्स ब्राण्डका मोबाइल तथा ग्याजेटहरू विक्री वितरण गर्दै आएको छ । उक्त ग्रुपका नेपालमा विभिन्न १२ स्थानमा योयोसोका रिटेल शोरुमहरू संचलानमा छन् ।

