एमजीको नयाँ बक्सी एसयूभी ‘साइबर एक्स’, १२ दिनपछि सार्वजनिक हुने

काठमाडौं । ब्रिटिस अटोमोवाइल ब्राण्ड एमजीले नयाँ एसयूभी सार्वजनिक गर्ने भएको छ । कम्पनी आगामी अप्रिल २३ तारिखमा यसको ग्लोवल अनभिल गर्ने भएको हो ।

चिनियाँ अटोमोवाइल ग्रुप एसएआइसीको स्वामित्वमा रहेको मोरिस ग्यारेजले संघाई अटो शोमा देखाउने बक्सी डिजाइन एसयूभीको नाम ‘साइबर एक्स’ राख्ने भएको हो । एमीजीले आफ्नो प्रिमियम स्पोर्टस् कार साइबरस्टरबाट प्रेरित रहेको नयाँ एसयूभीको नाम राखेको बुझ्न सकिन्छ ।

साइबर एक्स नाम दिएको नयाँ एसयूभीको एक टिजर सार्वजनिक गर्दै कम्पनीले एमजीले नयाँ एसयूभी लन्च गर्ने जनाएको हो । टिजर फोटोमा देखिएअनुसार साइबर एक्स बक्सी डिजाइनको राउण्डेड एज सहितको रग्ड एस्थेटिकमा रहने छ ।

यसको मूख्य फिचरको रुपमा फ्रन्ट र रियरमा फुल विथ कनेक्टेड एलइडी लाइटबार, स्प्लीट टाइप हेडलाइट, इलुमनेटेड एमजीको लोगो, हिडन डोर ह्याण्डल तथा रुफरेल रहने छ ।

कम्पनीले यसमा रहने इलेक्ट्रीक मोटरको साइजको बारेमा कुनै जानकारी दिएको छैन । तर, जिटरमा देखिएको ग्रिलले साइबर एक्स इलेक्ट्रीक र हाइब्रिड दुबै अप्सनमा आउने सहजै अनुमान गर्न सकिन्छ । साइबर एक्स एसएआइसीको नयाँ मोडुलर ईभी प्लेटफर्म इ–३ आर्किटेक्चर बन्नेछ ।


Back_to_top