काठमाडौं । सुपर सोकोले नयाँ वर्षको अवसरमा ‘नयाँ वर्ष नयाँ अफर २०८२’ नामक स्कीम बजारमा सार्वजनिक गरेको छ ।
नेपालको लागि सुपर सोकोको आधिकारिक वितरक भी मोटोले सुपर सोकोको मोटरसाइकल तथा स्कुटर खरिदमा ५० हजार नगद रुपैयाँ छुटसहित अन्य विभिन्न खाले सुविधा पाइने ‘नयाँ वर्ष स्कीम’ ल्याएको हो ।
यस अफर अन्तर्गत ग्राहकले सुपर सोको मोटरसाइकल तथा स्कुटरको खरिदमा ५० हजार रुपैयाँ नगद छुट पाउने छन् । साथै, मोटरसाइकल तथा स्कुटर खरिद गरेका ग्राहकलाई ब्याट्रीमा ३ वर्षसम्म रिप्लेसमेन्ट वारेन्टी र मोटरमा २० हजार किलोमिटर वा २ वर्ष वारेन्टी दिने भएको हो ।
कम्पनीले दुई वर्षसम्म निःशुल्क सर्भिस सुबिधा पनि दिने बताएको छ । यसका अलावा किस्तामा मोटरसाइकल तथा स्कुटर खरिद गर्न इच्छुक ग्राहकले शुन्य प्रतिशत ब्याजदरमै फाइनान्स सुबिधा पाउने छन् ।
यसका लागि ग्राहकले महिनामा मोटरसाइकलको ८ हजार ८३० रुपैयाँ मासिक किस्ता र स्कुटरको ६ हजार ३३० रुपैयाँ मासिक किस्ता तिर्दा पुग्छ ।

