काठमाडौं । ट्रम्प प्रशासनले लगाएको उच्च करको कारण गाडीको मूल्य बढ्ने र बिक्री घट्ने रिपोर्टहरू बाहिर आएका छन् । रिसर्च एजेन्सी गोल्डम्यान स्याक्सका अनुसार सन् २०२५ को अनुमानभन्दा ९ लाख ८५ हजार युनिट कार कम बिक्री हुने दाबी गरेको हो ।
यसअघि सन् २०२५ मा १ करोड ६० लाख २५ हजार युनिट कार बिक्री हुने पूर्वानुमान रहेको अमेरिकी बजारमा १ करोड ५० लाख ४० हजार युनिट मात्रै कार बिक्री हुने अनुमान गोल्डम्यान स्याक्सले गरेको छ ।
अहिले ट्रम्प प्रशासनले लिएको नीतिको असर सन् २०२६ मा झनै बढी पर्नेछ । आगामी वर्ष केबल १ करोड ३९ युनिट मात्रै कार अमेरिकी बजारमा बिक्री हुने गोल्डम्यानको दाबी छ । गाडीमा लगाइएको २५ प्रतिशत करसँगै स्टील, आल्मुनियम र अटोमोटिभ पार्टसमा लगाइएको करको कारण गाडीको मूल्य महँगो हुने बताइएको छ ।
गोल्डम्यानले स्याक्सले आफ्नो रिपोर्टमा अबको केही दिनपछि कारको मूल्य २ हजारदेखि ४ हजार डलरले वृद्धि हुनेछ । यसको असर अमेरिकामा मात्रै सीमित हुनेछैन । युरोप, चीन लगायत विश्वका सबै अटोमोटिभ उद्योग प्रभावित हुनेछन् । त्यही कारण विश्वभर अनुमान गरिएको ९ करोड युनिट बिक्री घटेर ८ करोड ८७ लाख युनिटमा खुम्चने छ ।
यो पनि पढ्नुहोस् : ट्रम्पको कर नीतिपछि युरोपियन युनियन र चीन नजिकिँदै


