काठमाडौं । विद्युतीय कारको बिक्री बढेसँगै प्रतिस्पर्धा पनि बढ्दै जान थालेको छ । कुनै समय नेपाली बजारमा हुन्डाई कोना र एमजी जेडएस ईभी बीच प्रतिस्पर्धा चलिरहेको थियो । त्यसपछि अन्य प्रतिस्पर्धी ब्राण्ड र मोडल थपिदै गएका छन् ।
एमएडब्लू वृद्धिले नेपाली बजारमा सेरेस ब्राण्ड ल्याएसँगै यो सेग्मेन्टमा थप प्रतिस्पर्धी थपिदै गएका छन् । बीवाइडी एटो-३, हुन्डाई कोना, एमजी जेडएस ईभी अहिले बजारमा उपलब्ध मोडललाई टक्कर दिन सेरेस-३ नेपाल आएको छ ।
कम्पनीले ल्याएको केही यूनिट सेरेस-३ नेपाल आइसकेको छ । यसलाई कम्पनीले आगामी भदौ २६ गतेबाट हुने नाडा अटो शो २०२३ मा शोकेस गर्ने तयारी गरिरहेको छ ।
‘गाडी आएको छ । आजैबाट हामीले परिक्षण सुरु गरेका छौं । करिब ३ हजार किलोमिटर परीक्षण पुरा गरेर हामी गाडी बुकिङ खुल्ला गर्छौ’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।

सेरेस-३ को सिधा प्रतिस्पर्धा एमजी जेडएस ईभीसँग हुने फिचरहरुले देखाएको छ । गाडीको बनोट, एमजीको ब्राण्ड नेम, चार्जिङ सेन्टर निर्माण र सेल्स तथा सर्भिस सेन्टरको पहुँच धेरै भएको कारण एमजी निकै बलियो देखिन्छ ।
तर, सेरेस-३ र एमजी जेडएस ईभी मोडलको साइज र टेक्नीकल डिटेल हेर्दा भने यी दुई मोडल बीच कडै टक्कर हुने देखिन्छ । अर्को कुरा यी दुई मोडल बीचको मूल्यले पनि ग्राहकको निर्णयमा फरक पार्न सक्ने देखिन्छ ।
एमजीले जेडएस ईभीको मूल्य ५२ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेर बिक्री गर्दै आएको छ । तर, सेरेस-३ को मूल्य भने अहिलेसम्म तोकिएको छैन ।
यी दुई मोडल बीच रहेका तुलनात्मक भिन्नता यस प्रकार रहेका छन् ।


