काठमाडौं । चीनको ठूलो मध्यको एक अटोमोवाइल कम्पनी डोङफेङ मोटरले साना ईभीको बजारमा प्रतिस्पर्धा गर्न नामी ब्राण्डमा ईभी उत्पादन गर्ने भएको छ ।
कम्पनीले बढ्दो साना कारको बजारमा आफुलाई अग्रस्थानमा राख्न साना ईभीको लागि डेडिकेटेड प्लटफर्म निर्माण गरेर ईभी मात्रै उत्पादन गर्न लागेको हो । कम्पनीले नामी ब्राण्डमा साना साइजका ईभी उत्पादनमा मात्रै फोकस गर्ने बताइएको छ ।

डोङफेङले लिएको सन् २०२५ सम्ममा वार्षिक १० लाख यूनिट ईभी बिक्रीको लक्ष्यसहित नयाँ ब्राण्ड ल्याएको हो ।
ब्राण्ड लन्चसँगै कम्पनीले ‘नामी-१’ मोडलसमेत दखाएको छ । ‘क्वान्टम आर्किटेक्चरको थर्ड डेडिकेटेड ईभी प्लेटफर्म’मा नामी-१ बनेको छ । त्यसैले यो सानो कार स्पेश, सेफ्टी, इनर्जी इफिसीयन्सी र इन्टेलीजेन्स जस्ताकुरामा अब्बल रहने छ ।
कम्पनीले नामी-१ को लन्चिङ गरिसकेको भएपनि यसको बिक्री भने २०२३ को अन्त्यबाट मात्रै सुरु हुनेछ । अत्याधुनिक फिचरहरु रहेको नामी-१ कनेक्टेड डेलल्याम्प र फरक डिजाइनको टेललाइटको साथ आउने छ ।

यसमा रि-ट्रेसेवल डोर ह्याण्डल, फ्लोटिङ रुफ र १७ इन्चको ह्वील पाउन सकिन्छ । ड्यासबोर्डमा ठूलो साइजको फ्लोटिङ स्कृन, फ्लोटिङ २ स्पोक स्टेरिङ ह्वील, सानो साइजको एलसीडी इन्ट्रुमेन्ट प्यानल जस्ता फिचरले यसलाई उत्कृष्ट बनाएको छ ।
कम्पनीले यसमा गियर सेलेक्टर भने स्टेरिङ ह्वीलको पछाडि दिएको छ । सेन्टर कन्सोलमा वायरलेस फोन चार्जिङ प्याड र अन्य सुइचहरु पाउन सकिन्छ ।
नामी-१ कारमा कम्पनीले यसमा १२० किलोवाटको मोटर दिएको छ । नयाँ सोलिड स्टेट टेक्नलोजीको ब्याट्री रहने बताइएको छ । तर, ब्याट्री साइजको विषयमा भने कही खुलाइएको छैन ।
कम्पनीले दावी गरेअनुसार नामी-१ कारलाई ८ मिनेट डिसी फास्ट चार्जरबाट चार्ज गर्दा २०० किलोमिटर गुड्न पुग्ने चार्ज थपिनेछ । यो कारमा भेहिकल टु लोडको समेत सुविधा उपलब्ध हुनेछ ।

