एमजीले भारतमा बनायो, यस्तो नयाँ एसयूभी

एमजी मोटर इन्डियाको पहिलो उत्पादनको तस्वीर सार्वजनिक भएको छ । कम्पनीले भारतमा पहिलो पटक उत्पादन गरेको नयाँ एसयूभी एमजी हेक्टरको तस्वीर बाहीर आएको हो । 

एमजी मोटर इन्डियाले हेक्टरको फाइनल स्वरुप तयार हुन भने अझै बाँकी रहेको जनाएको छ । उक्त तस्वीर उत्पादनको क्रममा रहेका बेला फोटो सुट गर्दा सार्वजनिक भएको हो । कम्पनीका अनुसार एमजी हेक्टरको बडी स्ट्रक्चर बाओजुन ५३९ एसयूभी जस्तै हुने छ । हेक्टरमा एमजीले न्यू सिग्नेचर ग्रिलसहितको हनिकम्ब डिजाइनमा अधारित रही बीचमा ठूलो आकारको एमजीको लोगो रहने जनाएको छ । 

हेक्टरमा एलइडी प्रोजेक्टर हेडल्याम्प, एलइडी डेटाइम रनिङ ल्याम्प र सार्क–फिन एन्टेना समेत रहने छ । हेक्टरमा १.५ लिटर पेट्रोल इन्जिन र एफसीए सोर्सड २.० लिटर डिजेल इन्जिनमा उपलब्ध हुने छ ।

यो कारमा डुअल–क्लच अटोमेटिक गेयरबक्स रहने छ जुन एमजी–एसएआइसीले आफै उत्पादन गरेको हो । पेट्रोल भर्सनमा समेत अटोमेटिक ट्रान्समिसन हुने कम्पनीको भनाइ छ । ६ स्वीड म्यानुअलमा समेत आउन सक्ने अनुमान गरिएको छ । एमजीले हेक्टरमा प्रयोग भएको ट्रान्समिसन विश्वभर गरेर २६ लाख किलोमिटरभन्दा बढी दूरीमा परिक्षण भइसकेको दाबी गरिएको छ । 

एमजी मोटर इन्डियाले नयाँ एसयूभी हेक्टर हुन्डाई क्रेटा, जिप कम्पास तथा टाटा ह्यारियर रोज्ने उपभोक्तालाई लक्षित गरि बजारमा ल्याउने तयारी गरेको छ । हेक्टरको मूल्य पनि क्रेटा, कम्पास तथा ह्यारियर सरह नै हुने अनुमान गर्न गाह्रो हुँदैन । 


Back_to_top