काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी माधवप्रसाद चौलागाईलाई दिएकी छिन् ।
कुलमान घिसिङले राजीनामा दिएपछि प्रधानमन्त्रीले वन तथा वातावरणमन्त्री रहेका चौलागाईलाई भौतिकको पनि जिम्मा दिएकी हुन् ।
प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भौतिकसहित कुलमानले छाडेका ऊर्जा र सहरी विकास मन्त्रालयको जिम्मेवारी तोकेका हुन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी अनिलकुमार सिन्हा र सहरीको कुमार इङ्नामले पाएका छन् ।

