पत्याउनु हुन्छ, यो पल्सर २२० नै हो !

युवा पुस्ताले बाइक मोडिफाई गरेर चलाउने शौख बनाएका हुन्छन् । सामान्य मोडिफाई गरेर चलाइएका बाइकहरु नेपाली सडकमा पनि देख्ने गरिएको छ । कानुनले नेपालमा बाइक मोडिफाई गरेर चलाउन प्रतिबन्ध लगाइएको छ । 

तर, भारतीय बजारमा भने बाइक मोडिफाई गरेर चलाउन कुनै किसिमको रोकतोक छैन । त्यसैलेपनि भारतीय बजारमा बाइक मोडिफाई गरेर स्वरुपनै परिवर्तन गरेको देख्न पाइन्छ । एक बाइक मोडिफाई कम्पनीले पल्सर २२० लाई ६ माहिना लगाएर ७५ हजार भारतीय रुपैयाँ खर्च गरेर डुक ३९० को लुक्समा परिणत गरेको छ । 

डक्टर कस्टम नामक कम्पनीले मोडिफाई गरेको यो बाइकमा प्रयोग गरिएको ह्यान्डल बार, हेडलाइट, फियुल ट्याङकी, टेल पार्ट, ह्यान्ड गाडलगायत थुप्रै पार्टस डुक ३९० बाट लिइएको छ । 

बाइकमा एकजनामात्र बस्न मिल्ने बनाइएको छ । यसमा प्रयोग गरिएको हेड लाइटलाट कल्टर केटिएम डुक २५० बाट लिएर ट्वीन वीम लाइट राखिएको छ । 

बाइकमा स्पीडोमिटरलाई इन्जिनको नजिक राखिएको छ । खुट्टाको ब्रेकसँगै इन्जिनमा राखिएको यो स्पीडोमिटरले पुर्ण रुपमा काम गरेको डक्टर कस्टमले जनाएको छ । 

साथै कम्पनीले यो बाइक मोडिफाईमा बिल्कुल नयाँ प्रयोग भएको जनाएको छ । बाइककोे आवाजपनि डुकको आवाजसँग मिल्दो बनाइएको छ । 

यो मोडिफाइड बजाज पल्सर २२० मा एनओएस सिलिन्डर प्लस गरिएको छ । यसमा प्रयोग गरिएको मोनोसक देखि बडिमा प्रयोग गरिएको पार्टसहरुले डुक ३९० को झल्को दिलाउछ साथै यसको फ्यूल ट्याङकमा ३९० को स्टीकर प्रयोग गरिएको छ ।

यसको इन्जिनमा भने कुनै परिवर्तन गरिएको छैन । २२० सीसी सिगंल सिलिन्डर आयल कुल्ड इन्जिनले २१ बिएचपी पावर तथा १९.१२ एनएम टर्क जेनेरेट गर्दछ । यसमा ५ स्पीडको गियरबक्स रहेको छ ।


Back_to_top