टाटा मोटर्सले टिगोर फेसलिफ्ट आज भारतीय बजारमा सार्वजनिक गरेको छ । कम्पनीले चाडपर्वलाई मध्यनजर गर्दै टिगोरको फेसलिफ्ट बजारमा ल्याएको हो ।
कम्पनीले यसमा थुप्रै कस्मेटिक परिर्वतन गरेको जनाएको छ । साथै, कारका धेरै फिचरहरु अपग्रेड गरिएको छ । पछिल्लो दिनमा कम्पनीले पाएको सेल्स ग्रोथलाई अझै आक्रमक बनाउन कम्पनीले ऋतिक रोसनलाई टिगोरको ब्रान्ड एम्बेस्डर बनाएको छ ।
कम्पनीले प्रिमियम सेग्मेन्टका धेरै फिचर नयाँ टिगोरमा थप गरेको छ । जुन फिचरहरु नेक्सन र टियागोबाट लिइएको कम्पनीको दाबी छ ।
कम्पनीले टिगोर फेसलिफ्टलाई ५ भेरिएन्ट पेट्रोल र ४ भेरिएन्ट डिजेलगरी ९ भेरिएनटमा बजारमा उपलब्ध गराएको छ । जसमा टाटा टिगोर एक्सई, टिगोर एक्सएम, टिगोर एक्सजेड, टिगोर एक्सजेड प्लस र टिगोर एक्सजेडए भेरिएन्ट पेट्रोलमा रहेको छ । साथै, डिजेल भेरिएन्टमा टिगोर एक्सई, टिगोर एक्सएम, टिगोर एक्सजेड र टिगोर एक्सजेड प्लस रहेको छ ।
कम्पनीले फ्रन्ट ग्रिलमा नयाँ डाइमेन्सन सेप्ड क्रोम र डबल ब्यारेल हेडल्याम्प दिएको छ । साथै, प्रोजेक्टर लेन्स र क्रोम फिनिसिङ दिइएको छ । फ्रन्ट फग ल्याम्पमा क्रोम एक्सेन्ट, पियानो ब्ल्याक सार्क फिन एन्टेना र ३६ एलइडी हाई माउन्टेन टप लाईट, १५ इन्च अलोय ह्वीलजस्ता परिर्वतन गरिएको छ ।
त्यसैगरी इन्टेरियरमा डुअल ब्ल्याक को साथ ग्रे कलर दिइएको छ । एयर भेन्ट्स र इफोटेन्टमेन्ट सिस्टम, लेदर सीटमा परिर्वतन गरिएको छ । यसमा ७ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिइएको छ । यसले भिडियो प्ले, रिर्भस क्यामेरा र एन्ड्रोइड अटोलगायतका सपोर्ट गर्ने छ ।
टिगोर फेसलिफ्टमा १.२ लिटर रेवोट्रन पेट्रोल इन्जिन दिइएको छ । जसले ८४ बीएचपी पावर र ११४ एनएम टर्क जेनेरेट गर्नेछ । कारमा दिइएको १.०५ लिटर रेवोट्रर्क डिजेल इन्जिनले ६९ बीएचपी पावर र १४० एनएम टर्क जेनेरेट गर्नेछ । पाँच स्पीड म्यानुयल र एएमटी दुबै ट्रान्समिसनमा यो कार बजारमा उपलब्ध रहने छ ।


