यी पाँच कारण युवाको पहिलो रोजाईमा २०० सीसीका बाइक

काठमाडाैं । अहिलेको समयमा पावरफुल र मस्कुलर मोटरसाइकलको प्रयोग गर्नेहरुको संख्या दिनानुदिन बढ्दै गएको छ । जति सुकै खर्च गरेर भएपनि पावरफुल मोटरसाइकल किन्न तयार हुनेहरु अहिले धेरै देखिन्छन् । 

पावर मोटरसाइकलमा देखिएको यस्तो क्रेजका कारण अटोमोबाइल कम्पनीहरुले पनि पावरफुल र मस्कुलर मोटरसाइकलको उत्पादनमा जोड दिदै आएका छन् । जसमा २०० सीसी सेग्मेन्टको मोटरसाइकलमा सबैभन्दा बढी क्रेज रहेको छ । 

बजारमा २०० सीसी सेग्मेन्टको धेरै मोटरसाइकल रहेका छन् । जसमा हिरो एक्स्ट्रीम २०० आर, टीभीएस अपाचे आरटीआर २०० ४ भी, बजाज पल्सार एनएस २००, केटीएम ड्यूक २०० लगायतका मोटरसाइकलहरु बढी प्रयोग हुने गरेका छन् । 

यी मोटरसाइकलको मेन्टिनेन्स शुल्क ३५० सीसी र ५००का मोटरसाइकलभन्दा निकै सस्तो रहेको छ । यस मोटरसाइकलको पार्टपूर्जा पनि धेरै महंगो छैन भने, माइलेज पनि राम्रो दिने गरेको छ । २०० सीसीको मोटरसाइकल नेपाली बजारमा २ लाख ९० हजारदेखि ३ लाख ५० हजारको बीचमा पाउन सकिन्छ । 

यी कारण बढी रुचाइन्छ २०० सीसीका बाइक 

१. २०० सीसीका बाइक स्टाइलिस र आकर्षक स्वरुपमा बजारमा ल्याइएका छन् । युवाहरुलाई लक्षित गरि ल्याइएका यस्ता मोटरसाइकलमा धेरै कलर भेरिएन्ट र डियुल टोनमा ल्याइएको हुन्छ । मस्कुलर बडी र आर्कषक लुकका कारण पनि यी मोटरसाइकलको बढी माग हुने गरेको छ । 

२.  २०० सीसी सेग्मेन्टको मोटरसाइकलले राम्रो माइलेज दिने हुँदा बजारमा यी यी बाइकको माग धेरै रहेको छ । यी बाइकले ४५ किलोमिटर प्रतिलिटरसम्म माइलेज दिन्छन् । 

३.  यी बाइकमा दिइएको २०० सीसी इन्जिनले २४ बीएचपी सम्म पावर उत्पादन गर्छ भने यो सेग्मेन्ट पफरमेन्सका हिसाबले पनि निकै राम्रो मानिन्छ । 

४.  लामो दुरीमा यात्रा गर्नेहरुकोे रोजाईमा यस्ता मोटरसाइकलहरु पर्ने गरेका छन् । यी मोटरसाइकल चलाउन निकै आरामदायी हुन्छन् । 

५. सुरक्षाका हिसाबले पनि यी मोटरसाइकल राम्रो रहेको छ । चौडा टायर प्रयोग र एबीएस जस्ता फिचरले २०० सीसीका बाइक निकै चर्चित रहेका छन् ।


Back_to_top