काठमाडौं । हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक एनजीएम हिरोले नेपाली बजारमा सबैभन्दा कम मूल्यको एबीएस फिचर भएको मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले ‘हिरो हङ्क १५० आर’ नेपाली बजारमा विक्री सुरु गरेको हो ।
यसको मूल्य २ लाख ७९ हजार रुपैयाँ निर्धारण गरेर विक्री सुरु गरेको हो ।
एनजिएम हिरोले सार्वजनिक गरेको हंक १५० आर हालसम्म नेपाली बजारमा उपलब्ध सबैभन्दा कम मूल्यको एबीएस भएको मोटरासइकल भएको छ । हाल नेपाली बजारमा ३ लाख मूल्यभन्दा कम मूल्यका मोटरसाइकल उपलब्ध रहेको थिएनन् ।
यसअघि हङ्क २०१७ मा विक्री बन्द भएको थियो । हाल कम्पनीले यसलाई हङ्क १५० आर नाम दिएर बजारमा ल्याएको हो ।
हङ्क १५० आरमा १४८ सीसी सिंगल सिलिन्डर एयरकुल्ड इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम ८५०० आरपीएममा १४.१४ बीएच पावर र ६५०० आरपीएममा १२.६ एनएम टर्क जेनेरेट गर्छ ।
यसमा सेमिडिजिटल कन्सोल, डबल डिस्क ब्रेक, १६ इन्च अलाय ह्वील, एबीएस जस्ता फिचर रहेको छ ।
यो मोटरसाइकलले बजाज पल्सर १५०, आरटीआर १६० टु भी, होन्डा युनिर्कन जस्ता मोटरसाइकल सँग प्रतिस्पर्धा गर्नेछ ।

