बूढानिलकण्ठमा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुईको मृत्यु, ३ गम्भीर घाइते

काठमाडौं । काठमाडौंको बूढानिलकण्ठमा मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।

आइतबार राति पौने १० बजेतिर बूढानिलकण्ठ नगरपालिका ७ स्पेसल चोकमा प्र. ३-०२-००२ प ५७२ नं.को मोटरसाइकल र बा. प्र. ०२-०४१ प ६८१९ नम्बरको स्कुटर ठोक्किएर दुर्घटान भएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मोटरसाइकलमा तीन जना र स्कुटरमा दुई जना सवार थिए । दुर्घटनामा पाँचै जना गम्भीर घाइते भएकोमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकलका चालक सिरहाका २९ वर्षीय भोला थापा रहेका छन् भने अर्का व्यक्तिको पहिचान खुलेको थिएन ।

अन्दाजी ३५ वर्षका अर्का व्यक्तिको पनि सोही समयमा मृत्यु भएको हो। उनी मोटरसाइकलमा थिए कि स्कुटरमा थिए भन्ने पनि खुलेको छैन।

बाँकी तीन जना घाइतेको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ ।


Back_to_top