काठमाडौं । बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले भोलिदेखि सुरू हुने नाडा अटो शो २०२५ मा आफ्नो बहुप्रतिक्षित मोडल एटो-टु प्रदर्शनी गर्ने भएको छ । कम्पनीले केही दिनअघि भएको नाइमा नेपाल मोबिलिटी एक्स्पोमा एटो-वान ह्याचब्याक लन्च गरेको थियो ।
बीवाइडी एटो-टु नेपालमा बहुप्रतिक्षित मोडल मानिन्छ । कम्प्याक्ट एसयूभी सेग्मेन्टमा आएको एटो टुले बजारमा हुन्डाई क्रेटा ईभीदेखि नामी भिगोसम्मका मोडलसँग प्रतिस्पर्धा गर्नेछ ।
चिनियाँ बजारमा ३२ र ४५.१२ किलोवाट आवरको ब्याट्री प्याकमा भए पनि नेपाल भने ५१.३ किलोवाट आवरको एलएफपी ब्याट्रीमा उपलब्ध हुनेछ । जुन ब्याट्री साइज एटो-थ्री एड्भान्समा भएको भन्दा पनि ठूलो हो । यसले एक पटकको सिंगल चार्जमा ३४० किलोमिटर रेन्ज दिने डब्लूएलटीपी टेस्टबाट देखिएको छ ।
एटो-टुमा १०० किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटर रहने छ । नयाँ एसयूभीमा १७ इन्चको अलोय ह्वील, ८.८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, १२.८ इन्चको रोटरी इन्फोटेन्मेन्ट डिस्प्ले, ५० वाटको वायरलेस चार्जर, ६ वटा एयरब्याग दिइएको छ ।

कम्प्याक्ट एसयूभी एटो-टुको लम्बाइ ४२९० एमएम, चौडाइ १७७० एमएम, उचाइ १५७० एमएम छ । यसमा २६२० एमएम लामो ह्वीलवेस पाउन सकिन्छ ।
अहिलेसम्म आधिकारिक बिक्रेताले गाडीको मूल्य बाहिर ल्याएको छैन । सम्भवतः ४५ लाखदेखि ४८ लाख रुपैयाँ भित्रै रहने गरी यसको मूल्य कायम हुनेछ ।

