काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ मा दुईपाँग्रे सवारी साधन बजार गुलजार बन्दै गएको देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको ५ महिना (साउन(मंसिर)को तथ्यांकले यस्तो देखाएको हो ।
विभागका अनुसार चालु आवको ५ महिनामा १ लाख १४ हजार ६४० युनिट मोटरसाइकल र स्कुटर आयात भएको हो । यो संख्या अनएसेम्बल र तयारी दुवैको हो ।
चालु वर्षमा गत वर्षको सोही अवधिको तुलनामा दुईपाँग्रे सवारी आयात २२.०१ प्रतिशत अर्थात् २० हजार ६८९ युनिट धेरै हो ।
गत वर्ष ५ महिनामा ९३ हजार ९५१ मोटरसाइकल र स्कुटर आयात भएको थियो । चालु आर्थिक वर्षमा आर्थिक गतिविधिमा क्रमशः चलायमान हुँदा दुईपाँग्रे सवारी आयातमा पनि वृद्धि भएको हो ।
विभागका अनुसार चालु आवमा आयात भएको दुईपाँग्रे सवारीमध्ये ८५ प्रतिशत अनएसेम्बल रहेका छन् । ५ महिनामा ९७ हजार ५६७ युनिट अन एसेम्बल दुईपाँग्रे सवारी आयात भएको हो ।
हाल नेपालमा आधार दर्जन बढी ब्राण्डका दुइपाँग्रे सवारी उत्पादन हुन्छ । रोयल इनफिल्ड, बजाज, टीभीएस, यामाहा, हिरो, होण्डा, सीएफमोटो लगायत ब्राण्डका मोटरसाइकलरस्कुटर नेपालमै एसेम्बल हुन्छन् ।
५ महिनामा १७ हजार ७३ युनिट तयारी अवस्थाका मोटरसाइकल र स्कुटर आयात भएको विभागको तथ्यांक छ ।

