धोनीको ग्यारेजमा थपियो टीभीएस रोनीन, नेपालमा विक्री सुरु हुँदै

काठमाडौं । भारतका चर्चित क्रिकेटर महेन्द्र सिंह धोनीको ग्यारेजमा टीभीएस रोनीन क्रुजर मोटरसाइकल थपिएको छ । मोटरसाइकलका शौखिन धोनीले ग्लास्टीक ग्रे कलरको रोनीन मोटरसाइकल किनेका हुन् ।

आफ्नो निवासमा मोटरसाइकलको लागि छुट्टै ग्यारेज नै निर्माण गरेर विभिन्न मोडल कलेक्सन गरिरहेका धोनीले पछिल्लो पटक किनेको टीभीएस रोनीन चाँडै नेपालमा विक्री सुरु हुने अपेक्षा गरिएको मोडल हो ।

भारतका पूर्व राष्ट्रिय टीमका कप्तान धोनीसँग यामाहा, डुकाटी, कावासाकी, बीएमडब्लू, सुजुकी, हार्ले डेभिड्सन, रोयल इन्फिल्ड जस्ता ब्राण्डका मोटरसाइकल छन् ।

केहि समय अगाडि टीभीएसकै आरआर ३१० मा देखिएका धोनीले आफ्नो ग्यारेजमा रोनीन मोडेल थपेका हुन् । क्रुजर डिजाइनमा तयार भएको टीभीएस रोनीनमा २२५.९ सीसी क्षमताको फोर स्ट्रोक, फोर भल्ब, सिगंल सिलिन्डर, आयल कुल्ड इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम २०.४ ब्रेक हर्स पावर र २० एनएमको टर्क प्रदान गर्छ ।

त्यसैगरी, रोनीन मोटरसाइकलमा पूर्ण एलइडी लाइट, फरक राइड मोड, एबीएस, स्लीपर क्लच, एड्जस्टेवल लिभर, ९ स्पोक अलोय ह्वील, भ्वाइस एसिस्ट, कल एसएमएस अलर्ट, गियर इन्डिकेटर जस्ता फिचर छन् ।


Back_to_top