यस्ताे हुनेछ यामाहा एमटी-२५

यामाहाले एमटी-१५ को युरो भर्सनको फेसलिफ्टको रुपमा एमटी-२५ ल्याउने भएकाे छ । कम्पनीले ल्याउने एमटी २५ मा नयाँ एलइडी हेडल्याम्पको साथै नयाँ यूएसडी फर्कको विशेषता प्रदान गर्ने भएको छ । एमटी-२५ को फेसलिफ्ट भर्सन ल्याउने तयारीमा रहेको कम्पनीले अन्य थप विशेषता जोड्ने तयारी गरेको जनाएकाे छ ।  

यामाहा एमटी–२५ मा २५० सीसी लिक्वड कुल्ड डीओएचसी टू सिलिन्डर इन्जिन लगाइएको छ । यसले ३६ पीएस पावरका साथै २२.६ एनएम टर्क उत्पादन गर्छ । यसको फ्रन्टमा ४१ एमएम र रियरमा एडजस्टेबल मोनोसक लगाइएको छ । यसको तौल १६५ किलोग्राम रहेको छ भने, १४ लिटरको फ्युल ट्यांकी लगाइएको छ । यसको नयाँ संस्करणमा पनि सोही इन्जिन लगाउने कम्पनीले जनाएको छ । 

यसको परिमार्जित संस्करणमा यामाहा आर-१५ मोटरसाइकलमा उपलब्ध अल डिजिटल इन्स्ट्र्मेन्टेशन दिने अनुमान लगाइएको छ । साथै, नयाँ मोडलमा असिस्ट क्लच र नयाँ स्टाइलको फ्रेस डिकेल्स र कलर कोडिंग दिइने छ । 

एमटी-०९ र एमटी-१० मा लुक प्रदान गर्दै आएको कम्पनीले एमटी २५ को फेसलिफ्ट संस्करणमा पनि सार्प लुक दिने यामाहाले जनाएको छ ।


Back_to_top