बजेटमा नाडाको भनाईः नेपालमा अटोमोवाइल उद्योगहरुको उदय

फाइल तस्विर

काठमाठौं । सरकारले ल्याएको प्रतिस्थापन बजेटले नेपालमा अटोमोवाइल उद्योगको ढोका खुलेको नाडाले बताएको छ । एसेम्बल उद्योगले ल्याउने एसेम्बल किटमा ५० प्रतिशत अन्तःशुल्क छुट दिएर नयाँ ढोका खोलेको नाडाद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले विज्ञप्तीमा भनेको छ, ‘अनएसेम्बल अवस्थाका शीर्षक ८७.०२ ८७.०३ र ८७.११ मा पर्ने सवारी साधन पैठारी गर्दा लाग्ने अन्तःशुल्क र त्यस्ता उद्योगले उत्पादन गरेको तयारी साधन विक्री गर्दा लाग्ने अन्तःशुल्क महशुलमा ५० प्रतिशत छुट दिने स्पष्ट व्यवस्था हुनु सकारात्मक हो ।’

तर, त्यस्ता सवारी साधनहरु उत्पादन गर्ने एसेम्बलिङ्ग उद्योग सञ्चालन गर्नका लागि त्यससँग सम्बन्धित ऐन र नीति नियमहरुको स्थिरता महत्वपूर्ण हुने विज्ञप्तीमा उल्लेख छ ।

नाडाले कोरोना महामारीको समयमा सार्वजनिक प्रयोजनका सवारी साधनहरु प्रायः प्रयोग गर्न डराउनु पर्ने अवस्थामा बर्तमान बजेटले मोटरसाइकलको सेगमेण्टमा परिवर्तन गर्दै सडक निर्माण दस्तुर र अन्तःशुल्क महशुल वृद्धि गरेकाले मोटरसाइकल प्रयोगकर्तालाई थप आर्थिक भार पर्ने देखिएकोले गतवर्ष व्यवस्थालाई निरन्तरता दिन भनिएको छ ।


Back_to_top