आजबाट एक हप्ता ‘निसान लिफको टेस्ट ड्राइभ’ गर्न सकिने

काठमाडौं । ’निसान लिफ’को आजबाट काठमाडौंमा टेस्ट ड्राइभ सुरु हुने भएको छ । निसानको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले लिफको टेस्ट ड्राइभ आज भदौ २८ गतेदेखि असोज ४ गतेसम्म संचालन गर्न लागेको हो ।

टेस्ट ड्राइभ गर्नेहरुले विभिन्न उपहार जित्नुका साथै गाडी किन्ने ग्राहकले एक्सचेन्ज सुविधा, मुल्यांकन सुविधा तथा फाइनान्स सुविधा एकै स्थानमा पाउने छन् । टेस्ट ड्राइभ निसान कम्पनीको काठमाडौंमा रहेको थापाथली र उत्तर ढोका शोरूममा बिहान १० बजेदेखि सुरु हुनेछ ।

नेपाल आउनु अघि नै निसान लिफ विश्व बजारमा १० बर्षभन्दा बढी समयदेखि सफल परीक्षण भैसकेको छ । यस अवधिमा विश्वमा ५ लाख भन्दा बढी निसान लिफ विक्री भइसकेको छ ।

निसान लिफ विभिन्न ११ रंगहरुमा उपलब्ध छ । यस गाडीको ४ ड्राइभिङ्ग मोड तथा विश्वस्तरिय सुरक्षा मापदण्डहरु एबीएस, इबीडी, एयरव्याग लगायत विभिन्न प्रकारका सडकमा प्रयोग गर्न सजिलो तथा सुरक्षित रहेको छ ।

निसान लिफको ब्याट्रीमा कम्पनीले ८ बर्षको वारेण्टी प्रदान गरिरहेको छ । निसान लिफ ४० किलोवाट आवर ब्याट्रीमा उपलब्ध रहेको छ । उक्त व्याट्रीलाई फुलचार्ज गर्दा ३११ किलोमिटर गुडाउन सकिन्छ । ११० किलोवाट क्षमताको मोटर र ३२० एनएमको पीक टर्क यसले प्रदान गर्छ ।

नेपालमा यसको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ कायम गरेर विक्री सुरु भएको छ ।


Back_to_top