नाइमा मोबिलिटी एक्स्पो सम्पन्न, १ लाख बढीले गरे अवलोकन

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पोको पहिलो संस्करण सम्पन्न भएको छ । साउन २१ गतेदेखि सुरु भएको मोबिलिटी एक्स्पो आज साउन (२६ गते) सम्पन्न भएको हो ।

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको एक्स्पोमा दुई/तीन/चारपाँग्रे र कमशिर्ययल गरी ५० ब्राण्ड सहभागी थिए । ती ब्राण्डहरूले ३५ बढी नयाँ मोडलका सवारी साधन सार्वजनिक गरेका थिए ।

६ दिनसम्म चलेको एक्स्पोमा १ लाख बढीले अवलोकन गरेको आयोजक नाइमाले जनाएको छ । त्यस्तै, एक्स्पोमा २ हजार बढी सवारी साधन बुकिङ भएको बताइएको छ ।

नाइमामा सवारी बिक्रेताहरूले नयाँ नयाँ सवारी लन्चसँगै भारी छुट अफर समेत ल्याएका थिए । एउटै गाडीमा २० लाख रुपैयाँसम्म नगद छुट दिइएको थियो ।

नाइमा एक्स्पोमा राखिएका ५ मोडलका सवारी साधन सोल्ड आउट समेत भएका छन् ।

मोबिलिटी एक्स्पोले सुस्त अटोमोबाइल क्षेत्रलाई भाइब्रेन्ट बनाएको नाइमाको भनाइ छ ।


Back_to_top