चाँडै बिक्री सुरू हुँदै नामी-०१ ह्याचव्याक, मूल्य र रेन्ज निकै आकर्षक हुने

काठमाडौं । डोङफेङ मोटर्सको स्वामित्व रहेको नामी ब्राण्डको पहिलो ह्याचव्याक नेपालमा बिक्री सुरू हुने भएको छ । एमडब्लू वृद्धि मोटोकर्पले नेपाल ल्याएको नामी-०१ अहिले देशका विभिन्न भेगमा परीक्षण भइरहेको कम्पनीले जानकारी दिएको छ ।

‘अहिले एक यूनिट गाडी आयात गरेर परीक्षण गरिरहेका छौं । चाँडै परीक्षण सकेर बिक्रीको लागि गाडी आयात गर्दैछौं’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।

कम्पनीले साउन अन्तिमबाट यसको बिक्री थाल्ने अनुमान गरिएको छ । नाडा अगाडि बिक्री गर्ने कि नाडाबाटै बिक्री सुरू गर्ने भन्ने कम्पनीले एकिन गरिसकेको छैन ।

प्रिमियम इलेक्ट्रीक ह्याचब्याक नामी-०१ को लम्बाई ४०३० एमएम, चौडाई १८१० एमएम र उचाई १५७० एमएम छ । यसमा २६६० लामो एमएम ह्वीलवेस दिइएको छ । यसमा १७ इन्चको ह्वील र १७५ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स रहेको कम्पनीको दावी छ ।

नामी-०१ मा ४२ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री प्याकसँग पीकपावर ७० किलोवाटको इलेक्ट्रीक मोटर छ । यसले ४०० किलोमिटरसम्म रेञ्ज दिने कम्पनीको भनाइ छ । डीसी फास्ट चार्जरको प्रयोग गरी यसलाई ३० मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

डोङफेङ नामी-०१ ह्याचव्याक कारमा फ्रेमलेस डोर, फ्लस डोर ह्यान्डल, सेल्फ पार्किङ जस्ता सेग्मेन्ट फस्ट फिचरहरू छन् । यो ईभीको ड्यासबोर्डमा ५ इन्चको इन्स्ट्रयुमेन्ट प्यानल, १२.८ इन्चको सेन्ट्रल स्क्रीन छ । जुन मोबाइल रिमोट कन्ट्रोल र ओभर-द-एयर अपडेट फिचर सहितको हो । यसमा स्पोर्टी टु-स्पोक मल्टी-फङ्सनल स्टेयरिङ ह्वील छ ।

दुई वटा मात्रै एयरव्याग भएको कारमा एडास २.० फिचर पाउन सकिन्छ । साथै, ३६० डिग्री क्यामरा, पार्किङ सेन्सर लगायतका फिचर छन् ।

एमएडब्लू वृद्धिले अहिलेसम्म यसको आधिकारीक मूल्य घोषणा गरेको छैन । भन्सार प्रयोजनको लागि अधिकतम खुद्रा बिक्री मूल्य ३९ लाख ९० हजार उल्लेख गरेर आएको नामी-०१ को बिक्री मूल्य ३५ लाख रुपैयाँ आसपास रहने अनुमान गरिएको छ ।


Back_to_top