काठमाडौं । यदि तपाई नयाँ गाडी किन्ने तयारीमा हुनुहुन्छ भने कुर्दा हुन्छ । बजारमा विभिन्न ब्राण्डले नयाँ मोडल ल्याउने तयारी गरिरहेका छन् ।
नेपाली नयाँ वर्षपनि लागेको छ । बजारमा लगानी योग्य रकम अभावमा बैंकले कर्जा नदिदा नयाँ मोडल बजारमा ल्याउन हच्केका आयातकर्ताहरुले नयाँ मोडल ल्याउने प्रक्रिया सुरु गरेका छन् ।
भारतमा यसअघि नै विक्री भइरहेको महिन्द्राले बोलेरो नियोदेखि एमजी एस्टर एसयूभीसम्म नेपाल आउने क्रममा छन् । सम्भवत धेरै मोडलहरु भदौसम्ममा नेपाल आइसक्ने छन् ।
१. सिट्रोन सीथ्री
सिट्रोनको आधिकारिक विक्रेता साँग्रिला मोटर्सले बैशाख २० गतेको हाराहारीमा सीथ्रीको विक्री सुरु गर्ने जानकारी प्राप्त भएकाे छ । सिट्रोन सीथ्रीमा १.२ लिटर नेचुरल्ली एस्पीरेडेड इन्जिन र १.२ लिटर टर्बो इन्जिन अप्सन पाउन सकिन्छ । कम्पनीले आधिकारिक रुपमा जानकारी नदिए पनि नेपालमा दुबै इन्जिन भएको सीथ्री आउने सम्भावना रहेको छ ।

सिट्रोनले दिएको १.२ लिटर नेचुरल्ली एस्पीरेटेड इन्जिनले अधिकतम ८२ एचपी पावर र ११५ एनएम टर्क प्रदान गर्छ । त्यसैगरी १.२ लिटर टर्बो इन्जिनले ११० एचपी पावर र १९० एनएम टर्क प्रदान गर्नेछ । नेचुरल इन्जिनमा ५ स्पीड र टर्बो इन्जिनमा ६ स्पीड गियरबक्स पाउन सकिन्छ ।
सीथ्रीको क्याविनमा १० इन्चको ठूलो इनफोटेन्टमेन्ट सिस्टम, अल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, म्यानुयल एसी, ४ वटा स्पीकर, यूएसबी चार्जिङ पोर्ट, दुई एयरब्याग, रिभर्स पार्किङ सेन्सर, सिट वेल्ट रिमाइन्डर जस्ता फिचर स्टायडर्ड रुपमा आउने छन् ।
कम्प्याक्ट एसयूभी सेग्मेन्टमा आउने सीथ्रीको मूल्य ३० लाखदेखि ४० लाख रुपैयाँसम्म रहने अनुमान गर्न सकिन्छ ।
२. महिन्द्रा बोलेरो नियो
महिन्द्रा बोलेरो नियो महिन्द्राको आधिकारिक वितरक अग्नी इनकर्पोरेट प्रालिले नेपाल ल्याउने गरी तयारी गरिरहेको छ । बोलेरो नियो यसअघि विक्री हुने टीयूभी ३०० को फेसलिफ्ट मोडल हो ।

भारतीय बजारमा यस अघिका वर्षदेखि नै विक्री वितरण सुरु भएको महिन्द्राको निकै सफल एसयूभी बोलेरो नियो नेपाली बजारमा अग्नी इनकर्पोरेट प्रालिले यसै वर्ष भित्र ल्याउने तयारी गरेको छ ।
महिन्द्राले ल्याउने बोलेरो नियो भारतमा निकै राम्रो ब्यापार गरेको मोडल हो । कम्पनीले यो गाडी आगामी महिनाहरूमा नै ल्याई विक्री वितरण सुरु हुने अनुमान गरिएको छ ।
३. स्कर्पियो क्लासिक
महिन्द्राले स्कर्पियो एन मोडल बजारमा ल्याएसँगै पुरानो मोडललाई क्लासिक स्कर्पियो नामबाट फेसलिफ्ट गरेको थियो । कम्पनीले यसअघि प्रयोग गरेको महिन्द्राको लोगो, फ्रन्ट ग्रिलमा परिवर्तन गरेको छ । स्कर्पियो क्लासिक मोडलमा अगाडि स्कर्पियो एन र एक्सयूी ७०० को भर्टिकल ग्रिल सलर्ट र बीचमा महिन्द्राको टुईन पीक लोगो प्रयोग गरेको छ ।

अगाडि र पछाडि नै प्रयोग भएको स्कीड प्लेट, १७ इन्चको दुई कलरमा सजिएको अलोय ह्वील, ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, पियानो व्ल्याक ड्यासबोर्डमा दिइएको उडन फिनिस सहितको सेन्टर कन्सोल यसमा पाउन सकिन्छ ।
महिन्द्राले स्कर्पियो क्लासिकमा २.२ लिटर फोर सिलिन्डर डिजेल इन्जिन दिएको छ । यो इन्जिनले १३६ हर्स पावर र ३०० एनएम पीक टर्क प्रदान गर्छ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स रहेको छ । यसमा टु ह्वील र फोर ह्वील ड्राइभ अप्सन उपलब्ध रहेको छ ।
स्कर्पियो क्लासिकमा प्रोजेक्टर हेडल्याम्पको साथमा एलइडी डे टाइम रनिङ लाइट, ९ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, नयाँ स्टेरिङ ह्वील, क्रुज कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल, पावर विन्डो, सेकेन्ड रोमा एसी भेन्टस्, ड्यूल एयरब्याग जस्ता फिचर उपलब्ध छन् । साथै, महिन्द्राले स्कर्पियो एन पनि नेपालमा विक्री सुरु गर्न लागेको छ ।
४. मारुती फ्रोनक्स
सुजुकीको आधिकारिक विक्रेता सिजी मोटोकर्पले बलेनो ह्याचब्याकमा आधारित क्रसओभर फ्रोनक्स नेपाल आउने मोडल हो । यसमा १.० लिटर थ्री सिलिन्डर बुस्टरजेट पेट्रोल इन्जिन तथा १.२ लिटर के–सिरिज पेट्रोल इन्जिन दिइएको छ । यो इन्जिनले ९० ब्रेक हर्सपावर र ११३ एनएम टर्क उत्पादन गर्दछ ।

स्ट्यान्डर्ड फिचरको रुपमा यो गाडीमा अटोमेटिक क्लाइमेट कन्ट्रोल, की–लेस एन्ट्री एन्ड गो, फ्याब्रिक सिट अपहोल्स्ट्री, पावर्ड विन्डोज, स्टेयरिङका लागि टिल्ट एडजस्टमेन्ट, डुअल टोन इन्टेरियर, हिल होल्ड असिस्ट, रिभर्स पार्किङ सेन्सर, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, रियर डिफोगर, ह्वील कभरसहितको स्टिल ह्वील र हलोजन प्रोजेक्टर हेडल्याम्प दिइएको छ ।
५. टाटा पन्च
टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले माइक्रो एसयूभी पन्च नेपाल ल्याउने तयारी गरेको छ । कम्पनीले ल्याउने माइक्रो एसयूभी नेपालमा नयाँ सेग्मेन्टमा उपलब्ध हुनेछ ।

भारतमा विक्री सुरु भएको केही दिनमा नै टाटाको सर्वाधिक विक्री हुने दोस्रो मोडल बनेको पन्च नेपालमा पनि धेरै ग्राहकले प्रतिक्षा गरिरहेको मोडल रहेको छ । यो गाडी विभिन्न ४ भेरियन्टमा विक्री सुरु भएको पन्च म्यानुयल र अटोमेटीक गियरबक्समा उपलब्ध हुनेछ । म्यानुयल भेरियन्ट पेयोर, एड्भेन्चर, एकभलिष्ट र क्रिएटीभ भेरियन्टमा पन्च उपलब्ध रहेको छ ।
त्यसैगरी पन्च अटोमेटीक भेरियन्टमा पनि पेयोर, एड्भेन्चर, एकभलिष्ट र क्रिएटीभमा उपलब्ध रहेको छ । नेपाल कुन कुन भेरियन्ट आउँछ भन्ने एकिन जानकारी प्राप्त भएको छैन ।
यसमा १.२ लिटर थ्रि सिलिण्डर पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ८६ बीएच पावर र ११३ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड म्यानुयल र एएमटी गियरबक्स उपलब्ध हुनेछ । यसमा १८७ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ ।
यसमा हर्मनको ७ इन्च इन्फोटेन्टमेन्ट सिस्टम, १६ इन्चको डायमन्ड कट अलोय ह्वील, अटोमेटीक क्लाइमेट कन्ट्रोल, रेन सेन्सिङ वाइपर, रिभर्स क्यामेरा र सेन्सर, पुस बटम स्टार्ट÷स्टप बटम, दुई एयरव्याग, एबीएस, इबीडी, ब्रेक एसवे कन्ट्रोल, इएससी, कुल्ड ग्लोबबक्स, क्रुज कन्ट्रोल, अटो फोल्डिङ ओआरभीएम, लेदर र्याप स्टेरिङ ह्वील जस्ता फिचर पाउन सकिन्छ ।
नेपाली बजारमा पन्चको मूल्य २८ लाख ५० हजारदेखि ४६ लाखसम्म पर्ने अनुमान गर्न सकिन्छ ।
६. एमजी एस्टर
मोरिस ग्यारेज (एमजी) ले भारतमा निमार्ण गरेको एसयूभी एस्टरको नेपाली बजारमा ल्याउने पक्का भएसँगै यसको बुकिङ पनि खुल्ला भएको छ । नेपालका लागि एमजीको आधिकारिक वितरक प्यारामाउण्ट मोटर्सले ४८ लाख ४९ हजार तोकेर बुकिङ खुल्ला गरेको हो ।

कम्पनीले ल्याउने तयारी गरेको एस्टरको सुपर भेरियन्ट हो । यो एसयूभीमा मल्टिफङस स्टेरिङ ह्वील, १०.१ इन्चको टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, एण्डरोइड अटो आपल कारप्ले, चारवटा स्पिकर, रियर पार्किङ क्यामरा, अटोमेटिक क्लाइमेट कन्ट्रोल, डिजीटल ओडोमिटर, डिउलटोन ड्यासबोर्ड, १७ इन्चको अलोय ह्वील, एलईडी हेडल्याम्प आदि फिचर रहेको छ ।
सुरक्षाका लागि यो एसयूभीमा एबीएस, ईबीडी, इलेक्ट्रोनिक स्टेबिलीटी कन्ट्रोल, कर्नरिङ ब्रेक कन्ट्रोल, ब्रेक असिस्ट, फ्रन्ट र रियर चारै ह्वीलमा डिस्कब्रेक, ट्रायाक्सन कन्ट्रोल, हिल असिस्ट, दुई वटा एयरब्याग आदि रहेको छ ।
यो एसयूभीमा १.५ लिटरको भीटीआइ टेक पेट्रोल इन्जिन रहेको एस्टरको इन्जिनले १०८ ब्रेक हर्स पावर तथा १४४ न्युटन मिटरको टर्क प्रदान गर्छ । एस्टर सुपरमा ५ स्पीडको म्यानुअल गियरबक्स रहेको छ ।


