बजाजको नेपालमा २५ वर्षः एसेम्बल प्लान्टदेखि ठूलो नेटवर्कसम्म

काठमाडौं । बजाज मोटरसाइकलले नेपालमा आफ्नो उपस्थितिको २५ वर्ष पुरा गरेको छ । गोल्छा ग्रुप अन्तर्गतको हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले आधिकारीक रुपमा बजाजका उत्पादन नेपालमा विक्री गर्न थालेको २५ वर्ष भएको हो ।

गोल्छा ग्रुप अन्तर्गतको हुलास अटोक्राफ्टले बजाजका मोटरसाइकल नेपालमा एसेम्बल गर्दै आएको छ । युवापुस्ताको बीचमा निकै परिचित बजाजको पल्सर सिरिजले नेपालमा मोटरसाइकलको परिभाषा नै बदलेको मान्ने धेरै मानिस छन् । स्पोर्टी डिजाइन, पावर फुल इन्जिन र आरामदायी ड्राइभिङ पाउने भएकै कारण पल्सर सिरिज नेपालमा सफल भएको हो ।

कम्पनीले अहिले पल्सर सिरिज, डोमिनार सिरिज, डिस्कभर, एभेन्जर र प्लाटिना मोडल उपलब्ध छ । पल्सर सिरिजमा पल्सर १२५, एनएस १२५, पल्सर १५०, एनएस १६०, एन १६०, एनएस २००, पल्सर २२० एफ र एन २५० मोडल उपलब्ध छन् । त्यसैगरी डोमिनारमा २५० र ४०० गरी दुई मोडल छन् । यसका अलावा डिस्कभर र प्लाटीना पनि बजाजको मोडल सूचीमा छ ।

कम्पनीले एभेन्जर सिरिजमा पनि दुई मोडल १६० र २२० विक्री वितरण गर्दै आएको छ । यी मध्ये अधिकांश मोडल नेपालमा सफल मानिन्छन् । एनएस १२५, एन १६० र एन २५० मोडल भने नेपालको लागि नयाँ हुन् । मूल्यका हिसावले १ लाख ९७ हजार ९०० देखि ६ लाख ५९ हजार ९०० रुपैयाँ पर्ने बजाजका उत्पादन किन्न पाइन्छ ।

कम्पनीले नेपालमा आफ्नो सफलतालाई निम्न ५ कुराले सहयोग गरेको बताएको छ । जसमा सर्वाधिक विश्वसनिय ब्राण्ड, उत्कृष्ट मोडलहरु, सहजै स्पेयरपार्टस्को उपलब्धता, सर्वाधिक ठूलो सर्भिस नेटवर्क र उत्कृष्ट रिसेल भ्यालूलाई लिएको छ ।

नेपालमा विगत १० वर्षदेखि निरन्तर धेरै मोटरसाइकल विक्री गर्ने मध्येको एक ब्राण्डको रुपमा रहेको बजाजले नवलपरासीको रामग्राममा एसेम्बल प्लान्ट स्थापना गरेर विगत ५ वर्षदेखि मोटरसाइकल बनाउँदै आएको छ । नेपाल कै पहिलो मोटरसाइकल एसेम्बल प्लान्टको कारण धेरैले यसको प्रशंसा पनि गर्ने गरेका छन् ।


Back_to_top