७ लाख ५० हजार डाउन पेमेन्ट गरेर ‘नेटा भी’ किन्न पाइने (मासिक किस्तासहित)

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सिजी मोटरले नेटा भी इलेक्ट्रीक क्रसओभरको बुकिङ खुल्ला गरेको छ । कम्पनीले आइतवार विश्व वातावरण दिवसको अवसर पारेर नेटा भी नेपालमा सार्वजनिक गरेको हो ।

कम्पनीले यसको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ तोकेर बुकिङ खुल्ला गरेको हो । कम्पनीले आधिकारीक कार्यक्रम भने बुधबार मे ८ तारिखमा राखेको छ ।

सिजी मोटरले ल्याएको इलेक्ट्रीक क्रसओभर सहरी क्षेत्रको लागि उपयुक्त हुने मोडलको रुपमा देखिएको छ । यसलाई २० प्रतिशत डाउन पेमेन्ट गरेर किन्न चाहने ग्राहकले ७ लाख ५९ हजार ८०० रुपैयाँ डाउन पेमेन्ट वापत बुझाउनु पर्ने हुन्छ ।

गाडीको मूल्यको २० प्रतिशत डाउन पेमेन्टपछि ग्राहकले ३० लाख ३९ हजार २०० रुपैयाँ कर्जा सुविधा लिन सक्नेछन् । अहिले बजारमा कर्जाको ब्याजदर निकै महंगो भएको छ । यद्यपि विद्युतीय गाडीको लागि १३ प्रतिशत ब्याजदरमा कर्जा सुविधा पाउन सकिन्छ । यसरी लिएको कर्जा ७ वर्षमा तिर्नेगरी लिँदा मासिक ५५ हजार ३०० रुपैयाँ किस्ता बुझाउनु पर्छ ।

मासिक किस्ताको पूर्ण विवरण थाहापाउन यहाँ क्लिक गर्नुहोला ।

यस्तो छ ‘नेटा भी’

नेटा भी क्रसओभर डिजाइन, निकै प्रिमियम सिट, आकर्षक अलोय ह्वील, टु स्पोक स्पोर्टी स्टेरिङ ह्वील, यूनिक तरिकाले प्लेस गरिएको ड्राइभर इन्फर्मेशन डिस्प्ले, निकै ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, यूनिक स्थानमा दिइएको गियर नव र पार्किङ ब्रेकले यसलाई अब्बल बनाएको छ ।

कम्पनीले यसमा ३८.५४ किलोवाट आवर क्षमताको ब्याट्री दिएको छ । साथै, यसमा ७० किलोवाट क्षमताको मोटर पाउन सकिन्छ । सिजी मोटरले यसको ब्याट्री र मोटरमा ८ वर्षको वारेन्टी प्रदान गर्ने जनाएको छ ।

नेटा भीमा विश्वकै ठूलो ब्याट्री उत्पादक कम्पनी ‘सिएटीएल’ले उत्पादन गरेको लिथियम आयोन ब्याट्री प्रयोग भएको छ ।

अफर पनि पाइने

सिजी मोटरले हरेक नेटा भी खरिद गर्ने ग्राहकलाई बीमा र एउटा ६.६ किलोवाटको चार्जर उपलब्ध गराउने जनाएको छ । यसमा अन बोर्ड चार्जर भने ३.३ किलोवाट क्षमाताको आउने छ ।

‘हामीले नेटा भीमा १ लाख रुपैयाँ हाराहारीको अफर गरेका छौं । यसले ग्राहकलाई उत्कृष्ट डिल प्रदान गर्छ’, सिजी मोटरका सीइओ हेमन्त अग्रवालले मेरोअटोसँग भने ।


Back_to_top