भारतमा इलेक्ट्रीक कार बनाउने कियाको घोषणा

काठमाडौं । कोरियन कार निर्माता कम्पनी कियाले भारतीय बजारमा धेरैभन्दा धेरैको पहुँचमा पुग्न सक्ने विद्युतीय कार उत्पादन गर्ने भएको छ । कम्पनीले सन् २०२५ भित्रै बजारमा ल्याउने नयाँ विद्युतीय गाडी मिड साइज एसयूभीको रुपमा आउने छ ।

कम्पनीले अहिले भारतमा विक्री गर्दै आएका कारेन्सकै साइजमा उपलब्ध हुने यो एसयूभी स्केडबोर्ड आर्किटेक्चरमा बन्ने छ । यो प्लेटफर्ममा बन्ने एसयूभीको भित्र धेरै स्पेश पाउन सकिन्छ । निकै स्टाइलिस डिजाइन र फिचर लोडेड हुने यो एसयूभी भारतीय बजार सुहाउदो मूल्यमा उपलब्ध हुनेछ ।

सन् २०२५ लाई ध्यानमा राखेर टोयोटा, मारुती सुजुकी, हुन्डाई, टाटा, महिन्द्रा जस्ता ब्राण्डले आक्रमक रणनीति सहित गाडी उत्पादन गर्दैछन् । यस्तोमा कियाले आफ्नो उपस्थिति बलियो बनाउन नयाँ मोडल ल्याउने योजना बनाएको हो ।

कियाले नयाँ एसयूभीमा रहने ब्याट्री, मोटर लगायतका विषयमा कुनै जानकारी भने दिएको छैन । अहिले भारतीय बजारमा किया इभी सिक्सको बुकिङ लिइरहेको छ ।

नेपालमा भने कियाको इलेक्ट्रीक कार सन् २०१७ देखि नै उपलब्ध रहेको थियो । सुरुमा किया सोल इभी नेपाल ल्याएको कियाले त्यसपछि निरो र अब इभी ६ ल्याउने तयारी गरिरहेको छ ।


Back_to_top