बालेनलाई होन्डाको साथ, देशभरका शोरुममा सार्वजनिक शौचालय

काठमाडौं । होन्डा मोटरसाइकलको आधिकारिक विक्रेता कम्पनी स्याकार ट्रेडिङ प्रालिले देशभर रहेका आफ्ना शोरुममा सार्वजनिक शौचालय उपलब्ध गराउने भएको छ ।

कम्पनीले देशभर रहेका आफ्ना १०७ भन्दा धेरै शोरूमका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा उपलब्ध गराउने भएको हो ।

बालेन शाहले मेयरमा निर्वाचित भए पश्चात काठमाडौं भित्र रहेका रेस्टुरेन्ट, होटलका शौचालयलाई सार्वजनिक शौचायलको रुपमा प्रयोग गर्ने योजना अगाडि ल्याएका थिए । यो अभियानमा साथ दिँदै स्याकार ट्रेडिङले गत शुक्रबारदेखि नै आफ्ना शोरुमबाट निःशुल्क शौचालयको सुविधा दिँदै आएको छ ।

हालैमात्र महानगरले एक सूचना जारी गर्दै आफ्ना अफिस तथा रेष्टुरेन्टमा रहेका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउन इच्छुक व्यवसायीलाई निजी साझेदारी एकाइ बबरमहलमा सम्पर्क गर्न आग्रहसमेत गरेको छ ।

मेयर बालेन शाहको यो निर्णयलाई आत्मसाथ गर्दै उपल्यकामा मात्र होइन देशभर विभिन्न होटल, रेस्टुरेन्ट, मल जस्ता स्थानमा रहेको शौचालयलाई सार्वजनिक प्रयोगका लागि खुल्ला गर्ने बढ्दै गएका छन् ।


Back_to_top