एमएडब्लु वृद्धिले खोल्यो फोटनको विश्वस्तरीय शाेरुम

काठमाडाैं ।नेपालका लागि फोटन मोटरको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि कमर्शियल भेहिकल प्रालिले ललितपुरको बालकुमारीमा फोटनको विश्वस्तरीय सोरुम खोलेको छ । करिब २५ सय वर्ग फिटमा फैलिएको यो नयाँ ‘स्टेट–अफ–आर्ट’ शोरुमले नेपालमा फोटन ब्रान्डको ‘नयाँ अनि ठूलो सुरुआत’लाई संकेत गर्छ ।

काठमाडौं उपत्यकाको मुटुमा खुलेको विश्वस्तरीय शोरुमले ‘फोटन नेपालको अटोमोबाइल बजारमा बलियो आधारको स्थापना गर्न प्रतिबद्ध छ’ भन्ने देखाउँछ । नयाँ सोरुम नेपालमा फोटनको ‘बिग प्लान’अन्तर्गत स्थापना गरिएको हो । फोटनको नयाँ सोरुमलाई फोटन मोटर नेपालको फेसबुक, इन्स्टाग्राम र युट्युब च्यानलमा ‘लाइभ’ गरी भच्र्युअल माध्यमबाट सार्वजनिक गरिएको थियो ।

‘आजको दिन हाम्रा लागि निकै रोमाञ्चक छ । ग्राहक महानुभावहरु सदा हाम्रो पहिलो प्राथमिकतामा पर्नुहुन्छ । त्यसैले, उहाँहरुको आत्मविश्वास बढाउन र उहाँहरुलाई उत्कृष्ट सेवा प्रदान गर्न हामीले यो आधुनिक सोरुम स्थापना गरेका हौं,’ एमएडब्लु ग्रुप अफ कम्पनीजका अध्यक्ष विष्णुकुमार अग्रवालले भने ।

‘हामीले केही महिनाभित्रै २० हजार वर्ग फिटमा फैलिएको नयाँ स्टेट–अफ–आर्ट सर्भिस फेसिलिटी पनि निर्माण गर्दैछौं । यसबीच, हामीले इटहरी, नेपालगञ्ज र बुटवलमा पनि सर्भिस तथा स्पेयर्स सेन्टर खोल्दैछौं । यसका साथै ग्राहकलाई सर्वोत्कृष्ट सेवा दिनका लागि देशभर १२ वटा आधिकारिक सर्भिस सेन्टरको स्थापना गर्दैछौं’ उनले अगाडि थपे ।

फोटनको नयाँ शोरुमले फोटनका कमर्शियल भेहिकलमा रुची भएकाहरुका लागि ‘शप विन्डो’को काम गर्नेछ । ‘अब ग्राहकले फोटनका उत्पादन एउटै ठाउँमा हेर्नुका साथै बेस्ट सेल्स कन्सल्ट्यान्टहरुबाट कन्सल्टेसन पाउनुहुनेछ । यसका अलावा ग्राहकले फोटन ब्रान्ड र नेपालमा उसको भावी योजनाबारे जानकारी पाउनसक्नुहुनेछ,’ एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले बताउदै भने, ‘हामी हाम्रा ग्राहकलाई नयाँ सोरुमा स्वागत गर्न व्यग्र छौं ।’

फोटन चीनको नम्बर १. कमर्शियल भेहिकल ब्रान्ड हो जसले सन् २०२० मा विश्वभर ६ लाख ८० हजार युनिट विक्री गरेको थियो जुन अघिल्लो वर्षको तुलनामा २६ प्रतिशत बढी हो । फोटनका उत्पादन विश्वका २७ वटा एसेम्बली प्लान्टमा उत्पादन भई एक सय १० देशमा उपलब्ध छन् । हाल एमएडब्लु वृद्धिले नेपालमा फोटनका पिकअप र भ्यान विक्रीवितरण गर्दै आएको छ ।


Back_to_top