मारुती सुजुकी एसक्रसको बदलिएको डिजाइन, प्रतिस्पर्धी पनि परिवर्तन हुने

काठमाडौं । मारुती सुजुकीले एसक्रसको नयाँ जेनेरेशन मोडल तयार गरेको छ । सन् २०२२ मा बजारमा ल्याउने तयारी भएको एसक्रसको नयाँ तस्विर बाहिर आएको छ ।

आधुनिक डिजाइनमा तयार भएको नयाँ जेनेरेशन एसक्रस पहिलेभन्दा निकै आकर्षक देखिएको छ । भारतमा मिडसाइज एसयूभीको बजारमा व्यापक माग बढ्न थालेपछि मारुतीले आफ्नो एसक्रसलाई डिजाइन र टेक्नलोजीमा धेरै सुधार गरेको हो ।

अब भने एसक्रसले भारतका चल्तीका मिडसाइज एसयूभी मोडलहरु क्रेटा, सेल्टोस, किक्स तथा डस्टरलाई राम्रै चुनौती दिने अपेक्षा गरिएको छ ।

निकै प्रतिस्पर्धी यो सेग्मेन्टका ग्राहकलाई एसक्रसको मोर्डन एक्टेरियर, ब्राण्ड न्यू इन्टेरियर तथा नयाँ फिचरहरुले आकर्षित गर्ने कम्पनीको दावी छ ।

नयाँ जेनेरेशन एसक्रस ग्लोबल जी प्लेटफर्मको अपडेटेड भर्सनमा आधारित रहेर बन्ने भएकाले अहिलेको भन्दा ठूलो साइजको हुनेछ । यसको क्याविनमा धेरै स्पेस पाउन सकिनेछ ।

नयाँ जेनेरेशन एसक्रसको डिजाइनमा धेरै परिमार्जन भएको छ । नयाँ एसक्रसमा रिडिजाइन सहितको हनीकम्ब प्याटर्नको फ्रन्टग्रिल रहेको छ । यसमा ट्राइबिम प्याटर्नको सार्प हेडल्याम्प, ग्रिलको वारपार क्रोमस्ट्री, रिस्टाइलको फ्रन्ट बम्पर तथा नयाँ फगल्याम्प दिइएको छ । यस एसयूभीमा नयाँ डिजाइनको अलोय ह्वील तथा बाक्लो बडी क्लाडिङका साथै नयाँ टेललाइट दिइएको छ ।

यसको ड्यासबार्डमा पनि धेरै अपडेट हुने अपेक्षा गरिएको छ । नयाँ डिजाइनको सेन्टर कन्सोल, ठूलो साइजको टचस्कृन, प्रिमियम फिनिस सहितको हाइक्वालीटीको सरफेस मेटेरियलको प्रयोग भएको छ । साथै, नयाँ इन्ट्रुमेन्ट क्लस्टर, कार कनेक्टीभीटी तथा एडिएएस टेक्नलोजी सहितको एडप्टीभ क्रुज कन्ट्रोल, अटोमेटीक ब्रेकिङ, वायरलेस चार्जर आदी रहने छन् ।

मारुती सुजुकीले आफ्नो नयाँ जेनेरेशन एसक्रसमा ४८ भोल्ड माइल्ड हाइब्रिड टेक्नलोजी सहितको १.४ लिटरको टर्बो बुस्टर जेट इन्जिन दिने छ । भारतीय बजारका लागि भने १.५ लिटरको के१५बी माइल्ड हाइब्रिड इन्जिन हुन सक्नेछ ।


Back_to_top