रेनो नयाँ डस्टरको टिजर बाहिरियो, कहिले आउँछ बजारमा ?

काठमाडौं । रेनो इण्डियाले नयाँ जेनेरेशन डस्टरको टिजर भिडियो सार्वजनिक गरेको छ । कम्पनीले लन्च गर्नु १ महिना अघि न्यू जेन डस्टरको भिडियो सार्वजनिक गरेको हो ।

नयाँ डस्टर सन् २०२६ जनवरी २६ मा लन्च हुँदैछ । सन् २०१२ मा पहिलो पटक लन्च भएको रेनो डस्टर सन् २०२२ देखि उत्पादन बन्द भएको थियो । कम्पनीले अहिले नयाँ टेक्नोलोजी र फिचरमा बजारमा नयाँ जेनेरेसन बजारमा ल्याउन लागेको हो ।

फस्ट जेनेरेशन डस्टर समावेस गरिएको इमोसनल टिजर भिडियोमा डस्टरले कसरी मिडसाइज एसयूभी सेग्मेन्टको विकास गरेको थियो भन्ने देखाइएको छ ।

भारतीय सडकमा परीक्षण भइरहेको नयाँ जेनेरेशन डस्टर रेनो निसानका सीएमएफ बी आर्किटेक्चरमा बनेको हो । नयाँ डस्टर रगेड बक्सी लुक्सको रहेको छ । यसमा वाई सेपको एलईडी डीआरएल, पोलिगनल हेडल्याम्प, वाइसेपकै डिजाइन भएको १८ इन्चको डायमण्ड कट ह्वील, चङकी साइजको रुफरेल, अपराइट टेलगेट र रिभाइज्ड बम्पर डिजाइन रहेको छ ।

स्पाई इमेजहरूमा देखिए अनुसार नयाँ डस्टरमा ग्रीन स्टिचिङ सहितको अलब्ल्याक इन्टेरियर, १०.१ इन्चको टचस्क्रीन, ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस एप्पल कारप्ले र एण्डरोइड अटो, ड्युलजोन क्लाइमेट कन्ट्रोल, ३६० डीग्री क्यामरा, पावर टेलगेट, पावर्ड फ्रन्टसिट लगायत क्याबिन फिचर छन् । नयाँ डस्टरमा सुरक्षाको लागि ६ वटा एयरब्याग, लेभल २ एडास फिचरछ ।

रेनोले नयाँ डस्टरमा १.३ लिटरको टर्बो चाज्ड पेट्रोल इन्जिनको साथमा ६ स्पीडको म्यानुअल र अटोमेटिक गियर अप्सन दिनेछ । फोरह्वील ड्राइभ फिचरमा समेत उपलब्ध हुने नयाँ डस्टरमा स्ट्रङ हाइब्रिड इन्जिन अप्सन समेत आउने सम्भावना छ ।


Back_to_top