तयार भयो नयाँ जेनेरेशन स्वीफ्ट, थपियो थुप्रै सुरक्षा फिचर

काठमाडौं । भारतमा बिक्री गर्ने सुजुकी स्वीफ्टको फोर्थ जेनेरेशन मोडल तयार भएको छ । कम्पनीले आगामी मे ९ तारिखबाट यसलाई भारतीय बजारमा बिक्री गर्ने योजना बनाएको हो ।

सुजुकीको स्पोर्टी ह्याचव्याक कार २००५ मा पहिलो पटक आएको थियो । सेकेन्ड जेनेरेशन २०१२ र थर्ड जेनेरेशन २०१८ मा ल्याएको कम्पनीले फोर्थ जेनेरेशन आगामी मे ९ तारिखमा ल्याउने भएको हो ।

डिजाइनमा धेरै परिवर्तन नभएको स्वीफ्ट नयाँ जेनेरेशन मोडलमा इन्जिन र सुरक्षा फिचरमा भने व्यापक परिमार्जन हुने भएको हो । कम्पनीले नयाँ जेनेरेशन स्वीफ्टमा १.२ लिटर जेड सिरिज इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ८३ पीएस पावर र १०८ एनएम टर्क प्रदान गर्छ ।

सुजुकीले सुरक्षालाई विशेष ध्यान दिएर बजारमा ल्याउन लागेको नयाँ जेनेरेशन स्वीफ्टमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक्स स्टेविलिटी प्रोग्रामसँगै एड्भान्स ड्राइभर एसिस्टेन्स सिस्टम (एडास) फिचर उपलब्ध हुनेछ ।

पहिलो पटक कम्पनीले स्वीफ्टमा भ्यान्टीलेटेड सिट, प्रिमियम अपहोलस्टीक, ९ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, वायरलेस कनेक्टीभीटी दिएको छ । एक्सटेरियरमा नयाँ डिजाइनको अलोय ह्वील, एलइडी हेडल्याम्प र टेल ल्याम्पसँगै नयाँ फ्रन्ट ग्रिल पाउन सकिन्छ ।


Back_to_top