काठमाडौं । हिरो मोटोकर्पले हार्लेसँगको सहकार्यमा तयार पारेको माभ्रिक ४४० मोटरसाइकलको डेलिभरि सुरु गरेको छ । प्रिमियम सेग्मेन्टमा उपलब्ध माभ्रिक भारतमा ग्राहकलाई दिन थालिएको हो ।
कम्पनीले यो मोटरसाइकलको सुरुवाती बेस भेरियन्टको मूल्य १ लाख ९९ हजार रुपैयाँ, मिड भेरियन्टको २ लाख १४ हजार रुपैयाँ र टप भेरियन्टको मूल्य २ लाख २४ हजार रुपैयाँ (एक्स शोरुम) निर्धारण गरी बिक्री सुरु गरेको हो ।
मोटरसाइकल डेलिभरीसँगै ग्राहकले १० हजार बराबरको एशोसरिज र अन्य किटहरु पनि पाउने कम्पनीले जनाएको छ । कम्पनीले रोडस्टार डिजाइनमा तयार पारेको यो माभ्रिक ४४० मा राउन्ड सेप एलइडी हेडल्याम्प उपलब्ध छ । यसमा एच सेप डीआरएल देख्न सकिन्छ । यसमा एलइडी इन्डिकेटर, मस्कुलर फ्यूल ट्यांक तथा सिंगल पिस सीट सेटअप दिइएको छ ।
एड्भान्स फिचर मानिने डिजिटल डिस्प्ले, स्मार्टफोन कनेक्टिभिटी, टर्न वाइ टर्न नेभिगेशन, फ्रन्टमा टेलिस्कोपिक फर्क र रियरमा ७ स्टेपको एड्जस्टेवल ट्वीन सक अब्जरर्बार, डुवल डिस्क ब्रेक, डुवल च्यानल एबीएस, अलोय ह्वील पाउन सकिन्छ ।
यसमा कम्पनीले हार्ले एक्स ४४० कै इन्जिन प्रयोग गरेको छ । उक्त इन्जिनले २७ बीएच पावर तथा ३४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरका साथै स्लिपर एसिस्ट क्लच दिइएको छ ।
उत्कृष्ट राइड प्रधान गर्नका लागि कम्पनीले इन्जिनलाई विषेश रुपमा लो एण्ड टर्कमा ट्युन गरेको छ । कम्पनीका अनुसार माभ्रिक मोटरसाइकलमा ३५ ओटा भन्दा बढि कनेक्टेड फिचरहरु उपलब्ध छन् ।

