नयाँ अवतारमा आउँदै यामाहाको ‘आरएक्स’ मोटरसाइकल !

काठमाडौं । यामाहाले आफ्नो आइकोनीक मोटरसाइकल ‘आरएक्स १००’लाई आधुनिक लुक्स र प्रविधि जडान गरेर ल्याउने खबरहरु बाहिर आएका छन् । यामाहाले लामो सयम एकछत्र राज गरेको आरएक्सको नयाँ संस्करणमा १५५ सीसी क्षमताको इन्जिन हुने मिडिया रिपोर्टहरुमा उल्लेख छ ।

करिब २० वर्ष बजारमा सफलताको स्वाद चाखेको आरएक्स १०० मोटरसाइकल अहिले पनि धेरैले आफ्नो ग्यारेजमा सजाएर राखेका छन् । ग्राहकको यही मोहको कारण यामाहा इन्डियाले नयाँ मोटरसाइकल ल्याउन लागेको दावी मिडिया रिपोर्टमा गरिएको छ ।

झट्ट हेर्दा हस्कभर्ना भिटपिलियन २५० जस्तै देखिएको तस्विर मिडियाहरुले प्रकाशन गर्दै चाँडै यही थिममा नयाँ मोटरसाइकल ल्याउने उल्लेख गरेका छन् । तर, कम्पनीले यसको आधिकारीक पुष्टी भने गरेको छैन ।

बजारमा आउने हो भने संभवत नयाँ आरएक्स १५ नामबाट यामाहाले यसलाई बजारमा ल्याउने छ । यसमा आर १५ को इन्जिन प्रयोग हुन सक्ने छ । आर १५ मा प्रयोग भएको १५५ सीसी क्षमताको इन्जिनले १८.४ पिएस पावर र १४.२ एनएम टर्क प्रदान गर्छ ।


Back_to_top