यामाहाका मोटरसाइकलको मूल्य १५ हजारसम्मले बढ्यो (सूचीसहित)

काठमाडौं । यामाहा मोटरसाइकलको मूल्य वृद्धि भएको छ । जापानी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्ल्यु इन्टरप्राइजेजले नयाँ मूल्यसूची प्रकाशन गरेको हो ।

कम्पनीले जारी गरेको नयाँ मूल्यसुची अनुसार १५० सीसी क्षमताभन्दा माथिका अधिकांश मोटरसाइकलको मूल्य वृद्धि भएको छ । सरकारले जारी गरेको प्रतिस्थापन विद्येयक मार्फत मोटरसाइकलमा कर वृद्धि गरेको कारण मोटरसाइकलको मूल्य वृद्धि भएको कम्पनीले जनाएको छ ।

यामाहाले १५ हजार रुपैयाँसम्मले मूल्य वृद्धि गरेको छ । यामाहाले आर १५ भी ३, एफजेड २५, एफजेडएस भी ३, एफजेड भी २, एफजेडएस भी २ र एसजेड आरआरको मूल्य वृद्धि भएको छ भने अन्य मोडलको मूल्य यथावत राखिएको छ ।

कम्पनीले जारी गरेको नयाँ मूल्यूची अनुसार सबैभन्दा धेरै एफजेड २५ र आर १५ भी ३ मा १५ हजार रुपैयाँले मूल्य बढेको हो । त्यस्तै एफजेडएस भी २ को मूल्य १२ हजार र एफजेड भी २ मा ११ हजार रुपैयाँले मूल्य बढेको छ । साथै, एफजेडएस भी ३ मा १० हजार र एसजेड आरआरको मूल्य ७ हजार रुपैयाँले वृद्धि गरेको छ ।

यस्तो छ नयाँ मूल्यसूची


Back_to_top