काठमाडौं । होन्डाले तीन दिनपछि आगामी मंगलबार नयाँ मोटरसाइकल बजारमा ल्याउने भएको छ । कम्पनीले ल्याउन लागेको नयाँ मोटरसाइकल हाइनेस सिबी ३५० मा आधारित रहने छ ।
होन्डाले सिबी हाइनेस सिबी ३५० को सफलतापछि बजारमा यसैको आधारमा नयाँ स्क्र्याम्बलर मोटरसाइकल बजारमा ल्याउन लागेको हो ।
होन्डा हाइनेस सिबी ३५० तीन महिना अघि भारतमा सार्वजनिक भएको थियो । उक्त मोटरसाइकलको भारतमा सानदार विक्री भइरहेको छ ।
कम्पनीले ल्याउने नयाँ मोटरसाइकलमा ट्वीन रियर शक एब्जर्बर, दुबै चक्कामा डिस्क ब्रेक, अपस्वीप्ट एग्जस्ट, फुल एलइडी हेडल्याम्प, अलोय ह्वील, ड्यूल प्रपोज टायर, न्यू टेल लाइट, न्यू साइड टर्न इन्डिकेटर, हजार्ड लाइट, होन्डा सेलेक्टेवल टर्क कन्टोल सिस्टम जस्ता फिचर नयाँ मोटरसाइकलमा उपलब्ध रहने छ ।
यसका साथै नयाँ मोटरसाइकलमा सेमी डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, ब्ल्यूटुथ कनेक्टीभीटी, गियर पोजिसन इन्डिकेटर जस्ता फिचर यसमा उपलब्ध रहेको छ ।
कम्पनीले यसमा सिबी ३५० मा नै उपलब्ध रहेको इन्जिन दिने अनुमान गरिएको छ । यसमा ३४८.३ सीसी क्षमताको सिंगल सिलिण्डर इन्जिन उपलब्ध रहेको छ । यसमा दिइएको इन्जिनले अधिकतम ५५०० आरपीएममा २१ बीएच पावर र ३० एनएम टर्क प्रदान गर्छ ।


