यी हुन् २०७७ मा नेपाल आउने चर्चित ३ एसयूभी

काठमाडौं । नयाँ वर्ष २०७७ नजिक आइसकेको छ । कोरोना भाइरसको कारण अहिले आधा विश्व लकडाउनमा रहेको छ । नेपालमा पनि गत चैत ११ गतेदेखि नै लकडाउन भइरहेको छ । यस्तोमा नयाँ वर्षको रौनक यसवर्ष नदेखिने पक्का जस्तै भइसकेको छ ।

यद्यपी अटो व्यवसायको लागि निरासजनक अटोमोवाइल क्षेत्रमा नयाँ वर्षपछि चहलपहल ल्याउन कम्पनीहरुले राम्रै प्रयास गर्ने देखिन्छ ।

नेपालमा चर्चित कम्पनीहरुले ल्याउने ३ नयाँ मोडलले सर्वाधिक चर्चा पाउने अनुमान गरिएको छ । जसमा सुजुकी जिम्नी, अल न्यू हुन्डाई क्रेटा र टाटा नेक्सन इभी सर्वाधिक चर्चामा रहने मोडल बन्ने अनुमान गर्न सकिन्छ ।

सुजुकीले अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्दै आएको जिम्नी २०७७ मा नेपाल प्रबेश गर्ने सबैभन्दा चर्चित मोडल हो । यसलाई सिजी मोटो कर्पले २०७७ को मध्येसम्ममा नेपाली बजारमा ल्याउने छ ।

त्यस्तै हुन्डाई मोटरको चर्चित एसयूभी क्रेटाको अल न्यू मोडल अहिलेदेखि नै निकै चर्चामा रहेको छ । किया सेल्टोसको इन्जिनमा भारतमा आएको नयाँ क्रेटा निकै प्रतिक्षित मोडलको रुपमा रहेको छ । यसलाई हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इनटरकन्टिनेन्टल्स प्रालिले आगामी असार अन्तिमसम्मा नेपाली बजारमा उतार्ने छ ।

टाटा मोर्टसको उत्पादन नेक्सन इभी सर्वाधिक चर्चामा रहेको मोडल हो । इलेक्ट्रीक एसयूभीमा रहेको उच्च ग्राउन्ड क्लियरेन्स र संभावित मूल्यका कारण यो एसयूभी निकै चर्चामा रहेको छ । सिप्रदी ट्रेडिङले यसलाई भदौमा हुने नाडा अटो शो २०२० बाट नेपाली बजारमा उतार्ने अनुमान गर्न सकिन्छ ।


Back_to_top