हार्लेको नयाँ दुई मोटरसाइकलको तस्बिर लिक

हार्ले डभिड्सन अहिले बजार बिस्तारको लागि नयाँ मोडल र टेक्नोलोजिको प्रयोगमा व्यस्थ रहेको छ । कम्पनीले इलेक्ट्रीक मोटरसाइकल उत्पादनमा धेरै किसिमको प्रयोग गरिरहेको छ भने आफ्ना धेरै मोडललाई अपग्रेड गरिरहेको छ । यस्तोमा कम्पनीले ल्याउन लागेको नयाँ मोडल फ्ल्याट ट्रायाक र क्याफे रेसरको तस्विर इन्टरनेटमा लिक भएको छ ।

फ्ल्याट ट्रायाक मोडलमा हाइ माउन्टेड एग्जस्ट सिस्टम दिइएको छ भने यसमा फ्ल्याट सिट, वाइड ह्याण्डलबार दिइएको छ । यो निकै आक्रमक फ्ल्याट ट्रायाक डिजाइन युक्त मोटरसाइकल देखिएको छ ।

त्यसैगरि क्याफे रेसर स्टाइल कन्सेप्टयुक्त मोटरसाइकल हार्लेको इलेक्ट्रीक लाइभ वायरको प्ल्याटर्फमा तयार गरिएको हो । यसका धेरै फिचर लाइभ वायर जस्तै रहेको छ ।


Back_to_top