काठमाडौं । भारतीय बजारमा सुजुकीले एभिनिस १२५ स्कुटरको नयाँ भेरिएन्ट सार्वजनिक गरेको छ ।
कम्पनीले बजारमा स्ट्यान्डर्ड भेरियन्टको रूपमा नयाँ एभिनिस स्कुटरलाई नयाँ इन्जिन सेटअप र केही फिचरहरू अपडेट गरेर सार्वजनिक गरेको हो ।
कम्पनीले एभिनिस १२५ को नयाँ भेरियन्ट चार कलर अप्सनमा उपलब्ध गराएको छ । नयाँ भेरियन्ट एभिनिसको मूल्य ९१ हजार ४०० भारतीय रुपैयाँ (एक्स शोरुम) तोकिएको छ ।
नयाँ भेरियन्ट एभिनिसमा ओबीडी टुबी बीएस ६ मापदण्ड अनुसारको १२४.३ सीसी, पूरा आल्मुनियम, फोर स्ट्रोक, सिंगल सिलिण्डर इन्जिन प्रयोग गरिएको छ । उक्त इन्जिनले अधिकतम ८.७ पीएस पावर तथा १० एनएमको टर्क जेनेरेट गर्छ।
कम्पनीले पावर, माइलेज र राम्रो पर्फमेन्स दिनका लागि यस स्कुटरमा सुजुकी इको पर्फमेन्स (एसईपी) टेक्नोलोजीको प्रयोग गरेको छ ।
स्पोर्टी डिजाइनमा तयार भएको यस स्कुटरको लुक्स र ग्राफिक्स पनि नयाँ पाउन सकिन्छ । यसमा डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल दिइएको छ । यस मिटरमा ब्याट्री भोल्टेज, आयल चेन्ज इन्डिकेटर, डिजिटल घडी, डबल ट्रिप मिटर, इन्जिन टेम्प्रेचर, फ्युल गेज, इको इंडिकेटर र इन्स्टेन्ट फ्युल कन्जम्पसन लगायत फिचर छन् ।
त्यसैगरी, यसमा ब्राइट एलईडी हेडलाइट, स्पोर्टी एलईडी टेल लाइट, सुजुकी ई स्मार्ट सिस्टम, इन्जिन स्टार्ट स्टप स्वीच, साइड स्ट्यान्ड लक, स्पोर्टी मफलर कभर, स्टेप सीट, स्प्लिट ग्रयाब रेल फराकिलो फ्लोरबोर्ड, यूएसबी चार्विङ पोर्ट, फ्रन्ट बक्स, स्टोरेजका लागि फ्रन्ट र्याक, सेन्ट्रल लॉकिङ सिस्टम, शटर कि सिस्टम, एक्सटर्नल फ्यूल क्याप र २१.८ लिटरको अन्डर सीट स्टोरेज लगायत फिचर समावेस छन् ।

